site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
११ महिनामा साढे ६० अर्बभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत, कुन क्षेत्रमा कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा नेपालले ६० अर्ब ६० करोड ९४ लाख ४३ हजार ४०० रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको छ । 

उद्योग विभागका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ जेठ मसान्तसम्मको अवधिमा उक्त प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत जेठ महिनामा मात्र १४१ वटा उद्योगमा तीन अर्ब ५४ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको विभागको तथ्यांकले देखाउँछ । जेठ महिनामा एउटा मध्यम र १४० वटा साना उद्योगमा उक्त वैदेशिक लगानी स्वीकृत भएको हो ।

उद्योग विभागको तथ्यांक अनुसार ११ महिनामा सेवामुलक क्षेत्रमा ३० अर्ब ४४ करोड ७७ लाख ३० हजार रुपैयाँ, पर्यटनमा २३ अर्ब ९४ करोड ४२ लाख ६० हजार रुपैयाँ र उत्पादनमुलक क्षेत्रमा तीन अर्ब १२ करोड २० लाख ५० हजार २०० रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरिएको छ । 

सूचना प्रविधि क्षेत्रमा एक अर्ब ५७ करोड ३९ लाख ३ हजार २०० रुपैयाँ, कृषि क्षेत्रमा एक अर्ब ४४ करोड ६० लाख रुपैयाँ, उर्जा क्षेत्रमा २ करोड ५५ लाख रुपैयाँ र पूर्वाधार क्षेत्रमा ५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ । 

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा सूचना प्रविधि क्षेत्रका ३१३, पर्यटन क्षेत्रका २६६, सेवामुलक क्षेत्रका ७६, कृषि क्षेत्रका ११, पूर्वाधार क्षेत्रका दुई र उर्जा क्षेत्रका एउटा उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरिएको छ । 

विभागको तथ्यांकअनुसार हालसम्म पाँच खर्ब ९० अर्ब ३५ करोड १९ लाख ४० हजार ७०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ । सात हजार ११६ वटा उद्योगमा उक्त लगानी स्वीकृत गरिएको हो । 


 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्