साहित्य

काठमाडौं । नेपाल भाषामा लेख्दै आएका कवि डा. आनन्द जोशीको एक हाइकु र एक लघुकथा गरी दुई पुस्तक सार्वजनिक भएको छ ।
रुबरिक र कुतः पिकाकद्वारा आयोजित कार्यक्रममा कृतिकारका नातिहरूले ‘प्यकालँय् जि जि’ र ‘थौंया हाइकु : विकास यात्रा व दिशाबोध’ कृति सार्वजनिक गरे ।
कार्यक्रममा कृतिमाथि समीक्षात्मक चर्चा गर्दै साहित्यकार धुव्र मधिकर्मीले आजको समय र परिस्थितिमाथि नयाँ दृष्टिकोणका साथ रचना प्रस्तुत गरिएकाले कृति पठनीय भएको बताए ।
स्रष्टा डा. जोशीले सानो आकारमा लेखिने साहित्य भएकोले विषय र विचारलाई कंक्रिटको रूपमा अभिव्यक्त गर्नुपर्ने बताए ।
कार्यक्रममा कृतिकार जोशीलाई नेपालभाषा परिषद्ले घोषणा गरेको चित्तधर सिरपा पुरस्कार पनि प्रदान गर्यो ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० १२:१३
प्रतिक्रिया दिनुहोस्