site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नीतिगत भ्रष्टाचार सिंहदरबारबाट गाउँ–गाउँ पुग्यो : सांसद श्रेष्ठ 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले केन्द्रमा हुने नीतिगत भ्रष्टाचारको छाया प्रदेश र स्थानीय सरकारमा पनि देखिएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले नीतिगत भ्रष्टाचार अख्तियारको क्षेत्रमा ल्याउन नखोज्नुले पनि शंका उब्जिएको बताए । उनले अख्तियार ऐनलाई पटकपटक संशोधन गर्दा पनि नीतिगत भ्रष्टाचारको विषय समावेश नगर्नाले नियतिमाथि नै प्रश्न उठाउने ठाउँ रहेको बताए । 

Dabur Nepal
NIC Asia

"नीतिगत भ्रष्टाचारको अवस्था देशमा भयाबह बन्दै गएको छ," उनले भने, "सर्वेक्षणबाट संघबाट प्रदेश हुँदै स्थानीय तहसम्म पुगेको देखिन्छ । संघीयताको आकर्षक नारासँगै नीतिगत भ्रष्टाचार पनि सिंहदरबारबाट गाउँ गाउँ पुगेको छ ।"

सांसद श्रेष्ठले समयमै नीतिगत भ्रष्टाचार रोक्न नसके संघीयता नै खतरामा पर्ने पनि बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro