site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई बुधबार दाङमा सम्बोधन गर्दै विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउने कुरालाई नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रमभित्र समेटेको बताएका हुन् ।

वर्तमान सरकार नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवद्र्धनका लागि विश्वविद्यालयहरूबीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहेको उनले बताए ।

"विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुनेगरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्यहरू र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउन सरकार प्रतिबद्ध छ," उनले भने ।

प्रधानमन्त्री प्रचण्डले नयाँ–नयाँ खोज, आविष्कार तथा विकासका आधारहरू सबै शिक्षामा नै निर्भर हुने भएकाले विश्वविद्यालयबाट राष्ट्रले ठूलो अपेक्षा राखेको बताए ।

विविध कारणले गर्दा संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह विगत १२ वर्षयता सम्पन्न हुन सकेको भन्दै प्रधानमन्त्री प्रचण्डले छात्रछात्राहरूको वर्तमान र भविष्यसँग गाँसिएका यस्ता कार्यक्रमहरूलाई समयमै आयोजना गर्न विश्वविद्यालय प्रयत्नरत रहनुपर्ने उल्लेख गरे ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro