site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसदीय सुनुवाइ समिति : काम कुरो एकतातिर छलफल अर्कोतिर
SkywellSkywell

काठमाडौं । वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई अवैध रूपमा सिफारिस गर्न लागेका आरोप लगाएका छन् । संवैधानिक परिषद्बाट पनि कार्कीलाई अवैध रूपमा सिफारिस गरिएको उनको भनाइ छ ।

संवैधानिक परिषद् ऐनमा सिफारिससम्बन्धी व्यवस्था नै निष्क्रिय रहेका बेला कार्कीलाई सिफारिस गरिएको उनको जिकिर छ । सो विषयमा आफूले सर्वोच्च अदालतमा रिट समेत दायर गरेको उनले जानकारी गराए ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा उनले यहाँ पनि आफू वैधानिकताका विषयमा प्रश्न उठाउन आएको बताए ।

KFC Island Ad
NIC Asia

“प्रधानन्यायाधीश सिफारिस गरेको संवैधानिक परिषद्को वैधानिकता नभएको भनेर मैले सर्वोच्चमा रिट दायर गरेको छु । त्यो रिटलाई नौ दिनसम्म न दर्ता गर्‍यो न फिर्ता पठायो । दशौँ दिनमा हामीले पत्रकार सम्मेलन गरेपछि त्यही दिन दरपिठ भएको छ भनियो,” वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, “त्यसपछि हामीले इजलासमा निवेदन दिएपछि मुद्दा दर्ता भएको छ । त्यो मुद्दामा पनि सुनवाइ हुन सकेको छैन ।”

उनले संसदको संयुक्त बैठक सञ्चालनसम्बन्धी निमायवली वैधानिक हुनुपर्नेमा जोड दिए ।

Royal Enfield Island Ad

“संसदीय सुनुवाइ गर्नु हुन्छ । तर, सुनुवाइअघि समितिको वैधानिकता कायम गर्नुपर्छ । वैधानिकता के हो म तपाईंलाई बताउँछु । नियमावली राजपत्रमा प्रकाशित हुनुपर्‍यो र सभामुखले त्यसलाई प्रमाणीकरण गरेको हुनुपर्‍यो,” उनले भने, “हामीले बिहान त्यो माग्यौँ । उहाँहरूले त्यो हामीसँग छैन होला भन्नुभयो ।”

प्रधानन्यायाधीश सिफारिस गर्ने क्रममा वैधानिक हैसियत ख्याल नगर्नु रहस्यमय रहेको टिप्प्णी उनले गरे । उनले आफूहरू कार्कीविरुद्ध उजुरीका विषयमा प्रष्टीकरण दिन नभई समितिकै हैसियतमा प्रश्न उठाउन आएको बताए ।

“हामी यो समितिमा उजुरीबारे स्पष्टीकरण दिन होइन, समितिको वैधानिकतामा प्रश्न उठाउनका लागि आएका हौँ,” श्रेष्ठले भने, “वैधानिकताको विषयमा मुद्दा परेको छ । त्यो विचाराधीन छ ।”

अधिवक्ता अमृत खरेलले उजुरीकर्ताका तर्फबाट आफूले समितिको वैधानिकताका विषयमा प्रश्न उठाएर निवेदन बुझाएको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro