site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानमा ट्रकले रिक्सालाई ठक्कर दिँदा ६ जनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

इस्लामाबाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको कान्धकोट क्षेत्रमा सोमबार एउटा ट्रकले दुईवटा अटो रिक्सालाई ठक्कर दिँदा बालबालिकासहित कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

उक्त प्रान्तको कश्मोर जिल्लाको कान्धकोटको साकी मोर क्षेत्रमा ट्रकले दुईवटा यात्रुवाहक रिक्सालाई ठक्कर दिँदा सो दुर्घटना भएको सो क्षेत्रका उपायुक्त मनव्वर अली मिठानीले सञ्चारमाध्यमलाई बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मृत्यु हुनेमा एकै परिवारका तीन बालबालिका र एक महिला रहेको अधिकारीले जानकारी दिएका छन् ।

एक प्रत्यक्षदर्शीका अनुसार चालकले तीव्र गतिमा रहेको लोडर गाडीले नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको हो । दुर्घटनापछि घटनास्थलबाट चालक फरार भएका छन्  । रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २३:३९
प्रतिक्रिया दिनुहोस्