site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुटवलमा बसको ठक्करबाट एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, पुरानो बसपार्कमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवराज चौधरीको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान करिब ९ बजे बसपार्कबाट सडकमा निस्कँदै गरेको लु१ख ९११३ नम्बरको बसले पैदल हिँडिरहेका चौधरीलाई ठक्कर दिएको थियो । बससहित चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro