site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मलेसियाविरुद्ध बंगलादेशको फराकिलो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसीसी महिला प्रिमियर लिगको आफ्नो पहिलो खेलमा बंगलादेशले मलेसियाविरुद्ध ९७ रनको फराकिलो जित निकालेको छ ।

सोमबार हङकङस्थित मिसन रोड मैदानमा बंगलादेशले प्रस्तुत गरेको १४९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ५१ रनमात्र जोड्न सक्यो ।

मलेसियाकी एइना हमजिाह हासिमले १३ रन बनाइन् । क्रिस्टिना बरेत कप्तान मास एलिसाले समान ११ रनबाहेक मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बंगलादेशकी रबेया खानले दुई विकेट लिइन् । मरुफा अक्तर, सन्जिदा अक्तर मेघ्ला, नाहिदा अक्तर र सुल्तना खातुनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रनको योगफल खडा गरेको थियो ।

Global Ime bank

बंगलादेशकी मुर्सिदा खातुनले अविजित ५७ रन बनाएकी थिइन् । सोर्ना अक्तरले २०, रबेया खानले १५ र सोभाना मोस्तरीले १४ रन बनाए । साथी रानीले ११ र रुब्या हैदरले १० रन जोडे ।

मलेसियाका महिराह इस्माइल, आईसा एलिसा र नुर दायिा युहादाले समान दुई विकेट लिए ।

आजदेखि सुरु भएको प्रतियोगितामा श्रीलंका, यूएई, बंगलादेश, मलेसिया, नेपाल, पाकिस्तान, हङकङ र भारतगरी आठ टिमको सहभागिता छ ।

सहभागी टिमलाई एक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, पाकिस्तान, भारत र हङकङ छन् ।

यस्तै, समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र मलेसिया छन् । प्रतियोतिगामा भारत, पाकिस्तन, बंगलादेश र श्रीलंकाबाट ‘ए’ टिम र बाँकी चार देशका भने सिनियर राष्ट्रिय टिम नै सहभागी छन् ।

प्रतियोगितामा यस पटक थाइल्यान्डले सहभागिता नजनाउने भएपछि एसीसीले नेपाललाई अवसर दिएको हो । नेपालले भोलि पाकिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement