site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

सरकार स्पष्ट अल्पमतमा देखिएपछि संसदीय परम्पराअनुरूप मुख्यमन्त्रीले राजीनामा दिने वा विश्वासको मत लिनेमध्ये एउटा विकल्प अपनाउनु उपयुक्त हुन्थ्यो । तर, कोसी प्रदेशका मुख्यमन्त्रीले भने यी कुनै पनि बाटा अपनाउने सङ्केत देखिएको छैन ।

कोसी प्रदेश सरकारमा सहभागी दलहरू जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र)ले सत्ता छाडेपछि नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनै पर्छ । नेकपा (एमाले) र सहयोगी दल राष्ट्रिय प्रजातन्त्र पार्टीको मात्र स्पष्ट बहुमत पुग्दैन ।

अहिले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने समय हो । अरू प्रदेश सभामा नीति र कार्यक्रम पारित भइसकेका छन् र असार १ गतेभित्र बजेट ल्याइने सुनिश्चित प्रायः भएको छ । कोसीमा भने सरकारकै टुंगो छैन ।

अरू बेला भए सरकार टिकाउने र गिराउने दाउपेचमा केही समय खेर जाँदा पनि धेरै फरक पर्ने थिएन । तर, अहिले त एकएक दिनको गन्ती गर्नुपर्ने गम्भीर समय हो । प्रदेश सभामा बजेटै पेस हुन नसके संवैधानिक सङ्कट उत्पन्न हुन्छ । 

यसै पनि विरोधीहरूले संघीयताविरुद्ध आक्रमण गर्न थालेका छन् । त्यसमाथि दलहरूकै खिचातानीका कारण यस्ता सङ्कट देखिइरहने हो भने संघीयताको औचित्यमा थप प्रश्न उठ्नेछ । कोसीका मुख्यमन्त्री पक्कै पनि संघीयताको औचित्यमा प्रश्न गराउने पात्रका रूपमा इतिहासमा चित्रित हुन चाहँदैनन् होला ।

त्यसो त कोसीमा अहिले देखिएको सङ्कटको प्रमुख कारक भने मुख्यमन्त्रीमात्र होइनन् । माओवादी केन्द्रले संघमा राजनीतिक समीकरण बदलिनेबित्तिकै सरकार छाडेको भए वा बजेट पारित हुनेबेलासम्म नछाडेको भए यस्तो सङ्कट उत्पन्न हुने थिएन वा धेरै पहिले नै टुंगो लागिसक्ने थियो ।

कोसी प्रदेश सभामा एमाले र राप्रपाको बहुमत नभए पनि अर्को पक्ष बराबर मत छ । यस्तो अवस्थामा सरकार छाड्न नखोज्नु वा संविधानले दिएको ३० दिनको अवधिसम्म विश्वासको मत लिन पर्खनु अराजनीतिक त हो तर अस्कवाभाविक भन्न मिल्दैन । 

यसैले यस्तो अन्योल लम्याउनुभन्दा मुख्यमन्त्रीले अध्यादेशबाटै बजेट ल्याउन चाहेका हुन् भने छिटै त्यही उपाय अपनाउनु उचित हुनेछ । अहिले मुख्यमन्त्रीलाई अध्यादेशबाट बजेट नल्याउन चेतावनी दिने विपक्षी विशेषगरी माओवादी केन्द्रले ‘पानीमाथि ओभानो’ हुन खोज्नु राजनीतिक बेइमानी हो ।

कोसीका सांसद र राजनीतिक नेताहरूको यस प्रकरणमा सुझबुझ र राजनीतिक इमानदारीको अग्निपरीक्षा भइरहेको छ । प्रदेशको नामाकरणको विवादले उनीहरू एउटा परीक्षामा त असफल भइसकेकै छन् । कोसी प्रदेश सभाको मध्यावधि निर्वाचन गर्नु परेमा त्यहाँका सबै दलका नेता पूरै विफल ठहरिनेछन् ।

 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro