site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
समभोक, खोजी, मेरो छोरा फर्किनै पर्छ र आहाना
Sarbottam CementSarbottam Cement

समभोक
(उपन्यास : शिव प्रकाश)
साहित्यकार शिव प्रकाशको पहिलो उपन्यास हो, ‘समभोक’ । यो उपन्यास केही महिनाअघि सार्वजनिक भएको हो । मोरङको सुन्दरहरैँचाका शिव प्रकाश लामो समयदेखि अमेरिका प्रवासमा छन् । बोस्टनमा बसोबास भए पनि हरेक वर्ष दुई÷चार महिना उनी नेपालमै भेटिन्छन् । नेपाली साहित्यिक कर्ममा उनी रमाउँछन् ।

शिव प्रकाश समसामयिक विषयमा चोटिला टिप्पणी पनि लेख्छन् । ‘जैमली’, ‘घागी’, ‘जय नेताजी’ र ‘गोलमाल’ उनका यसअघि नै प्रकाशित कृति हुन् ।

उपन्यासको प्रारम्भमै उनले एक हरफ लेखेका छन्, “संसारमा तीन कुरा अजम्बरी छन् — भोक, भोग र सम्भोग ।’

Prabhu Bank
Agni Group
NIC Asia

‘भोकको चित्रकुष्ट !’ मा लेखकको दृष्टिकोण यस्तो छ, “धेरै कुरा मान्छेका बुझाइभन्दा बाहिर छन् । तीमध्ये भोक, भोग र सम्भोग पनि हुन् । हरेक मान्छेभित्र भोकको आफ्नै ब्रह्माण्ड छ । भोकको चित्रकुष्टले कुँदिएको मान्छे उस्तै देखिन्छ, तर भोक फरक छ ।”

पछिल्लो पृष्ठमा प्रकाशकीय भनाइ छ, “...समभोकले आप्रवासी जीवनको अर्को पाटोको अथः र इति उतारेको छ । यसलाई आख्यानको आविष्कार पनि भन्न सकिन्छ । चिरनूतन विषय, प्रयोग, झरिलो भाषा र सूक्ष्म शैलीमा विरचित यो उपन्यास हातमा लिएपछि पाठकले बिसाउने मेसो पाउँदैनन् ।”

Global Ime bank

उपन्यासभित्र ‘भोकको साइनो’मा उपन्यासकार लेख्छन्, “कोही भोक धारण गरेर बसेका छन् । कोही भोक जन्माइरहेका छन्, कोही भित्रभित्रै र्याल काढेर भोक तुहाइरहेका छन् । कोही अरूका स्वास्नीतिर हेरेर घुटुक्क थुक निल्दै भोको आँत भिजाइरहेका छन् ।...।” (पृष्ठ — १६)

शिखा बुक्सद्वारा प्रकाशित २२०+४ पृष्ठको यस उपन्यासको मूल्य ४२५– रुपैयाँ राखिएको छ ।

०००

खोजी
(उपन्यास : डा. तुलसी उप्रेती)
डा. तुलसी उप्रेतीको नवीनतम कृति बजारमा आएको छ, ‘खोजी’ । ४५ भन्दा बढी पुस्तक लेखिसकेका डा. उप्रेतीको यो औपन्यासिक कृति हो ।

कृतिभित्र आफ्नो भनाइमा डा. उप्रेती लेख्छन्, “...वर्तमान अवस्थामा एकातिर आर्थिक विकास गर्न आवश्यक र जरुरी जनशक्तिको अभावमा देशको विकास गतिहीन बनेको छ । अर्कातिर युवाशक्ति जिउनका निम्ति खाने र बाँच्ने उपायहरू खोज्दै आफू जन्मेहुर्केको घरपरिवार, छरछिमेक, समाज, गाउँघर अनि देश नै छोड्न र त्याग्न समेत बाध्य बनेका छन् । कति नेपाली संसारका विभिन्न कुनामा गएर कामको खोजीमा यात्रा जारी राख्न बाध्य बनाइएका छन् । उपन्यास यिनै र यस्तै विषयका कथाहरूमा अगाडि बढेको छ ।”

पुस्तकको प्रकाशकीयले भन्छ, “...वर्तमान नेपाली युवाजगत् के सोच्दै छ र के गर्दै छ भन्ने तथ्यलाई उजागर गर्न उपन्यास सक्षम छ र आउँदो पिँढीले सोच्नुपर्ने वास्तविकतालाई यसले पर्गेल्ने प्रयास समेत गरेको छ ।”

उपन्यास ‘खोजी’को एउटा अंशले भन्छ, “सोनामीले हरबिन्दरको पसलमा काम गरेको तीन महिना भयो । ऊ स्टोरभित्र म्यानेज गर्ने क्यास रजिस्टरदेखि लिएर अरू गर्नुपर्ने सबै काममा सिपालु भइसकेकी छ । हरबिन्दर पनि उसको काममा खुसी भएर तीन महिनापछि तलब बढाइदिन्छु भन्ने वचन राख्दै घण्टाको साढे सात डलरबाट साढे नौ डलर बनाइदिन्छ ।...।” (पृष्ठ — ६८)

साझा प्रकाशनद्वारा प्रकाशित १४४+४ पृष्ठको यस उपन्यासको मूल्य ३००– रुपैयाँ राखिएको छ ।

०००

मेरो छोरा फर्किनै पर्छ 
(कथासंग्रह : रमेश रेग्मी)
समाजसेवी रमेश रेग्मी साहित्यिक कर्ममा पनि सक्रिय छन् । उनको पछिल्लो कृति हो, ‘मेरो छोरा फर्किनै पर्छ’ । यो उनका कथाहरूको सँगालो हो । ‘सपनाहरूको देश’ र ‘जीवनको सपना’ यसअघि प्रकाशित उनका दुई औपन्यासिक कृति हुन् । यसबाहेक उनका फुटकर रचनाहरू पनि प्रकाशित हुँदै आएका छन् ।

कथाकार रेग्मी आफ्नो भनाइमा लेख्छन्, “मेरो यो कथासंग्रह पनि हाम्रै वरिपरि छरिएर रहेका जीवन्त पात्रहरूकै कथात्मक वर्णन हो ।...।”

कृतिको भूमिकामा धु्रव मधिकर्मी लेख्छन्, “कथाकार रमेशका यी कथाहरू हिजोका हुन् । बितेको समयका घटनाहरू हुन् । अतीतको एउटा कालखण्डलाई विभिन्न घटना र सन्दर्भमा यहाँ कथाको रूपमा प्रस्तुत गरिएका छन् । कथामा भएका चरित्रहरू, घटना र परिवेशले पाठकलाई निश्चय पनि मुग्ध पार्छन् ।...।”

कृति सम्पादक सुमन वर्षा लेख्छिन्, “कथाकारको मुख्य लेखन रुचि समाज र समाजमा रहेका कुरीतिलाई चिरफार गर्नु रहेकोले मानिसहरूको जीवन, उनीहरूको आकांक्षा र भोगाइका अन्तरव्यथालाई कथामा सुव्यवस्थित रूपमा प्रस्तुत गर्न कथाकार रेग्मी सफल भएका छन् ।”

रमेश रेग्मीको यस कथाकृतिभित्र २८ विभिन्न भावभूमिका कथाहरू रहेका छन् ।

वासु शशी स्मृति परिषद्द्वारा प्रकाशित २००+४ पृष्ठको यस पुस्तकको मूल्य ३९९– रुपैयाँ राखिएको छ ।

०००

आहाना
(बालकविता : बसन्त चौधरी)
गीत, कविता तथा निबन्धमा निरन्तर कलम चलाइरहेका कवि बसन्त चौधरीको पछिल्लो काव्यकृति हो, ‘आहाना’ । यो उनको बालकविताहरूको संग्रह हो ।

केही समयअघि प्रकाशित यो कृतिमा कवि चौधरीका ५६ रचना समावेश छन् ।

‘वायुपंखी घोडा’मा उनले आफ्नो काव्यभाव यसरी प्रस्तुत गरेका छन्–
वायुपंखी घोडा आयो
आकाशमा उड्न पायो
हिनहिनाई बात मार्दै
टकटक गर्दै, टाप लगायो ।
(पृष्ठ—७४)

पुस्तकको प्रकाशकीयमा लेखिएको छ, “...नातिनीसँग रमाउँदा रमाउँदै उहाँ आफ्नै बाल्यकालको स्मृतिमा डुब्न पुग्नुभएको छ ।...।”

कृतिभित्र ‘आहनाका बारेमा’ कवि चौधरी लेख्छन्, “...गीत वा कविता लेखिरहँदा मैले बालकविता लेखौँला भन्ने कहिल्यै सोचेको थिइनँ । मेरी नातिनी आहानाले मलाई बालकविता लेख्न सिकाइन् । उनीसँग बस्दा, खेल्दा, मैले अनुभूत गरेका भावहरू हुन्— यी कविता ।...।”

यस कृतिभित्र कवितासँगै बालबालिकाले रुचाउने, तिनले मन पराउने चित्रहरू पनि कोरिएका छन् । जसलाई चित्रांकित गरेका छन् कलाकार भानु भट्टराईले ।

कोपिला किताबद्वारा हार्डकभरमा प्रकाशित १२०+४ पृष्ठको यस पुस्तकको मूल्य १०००– रुपैयाँ राखिएको छ । पुस्तकको बिक्रीबाट प्राप्त रकमको केही प्रतिशत बालबालिकाको पठन संस्कृतिको विकास गर्नमा सहयोग गरिने पुस्तकमा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC