site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
केरला आइपुगेको मनसुन नेपालमा कहिले भित्रिन्छ ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो केही समययता देशका धेरै स्थानमा तापक्रम बढेको छ । केही भू–भागमा हालसम्मकै उच्च तापक्रम मापन गरिएको छ । तराईका भू–भागमा तातो हावा चलिरहेकाले यसबाट बच्न सतर्क रहन स्थानीय तहहरूले आग्रह गरहेका छन् । अझै केही दिन तापक्रम उच्च रहने मौसमविद्हरूले बताएका छन् । 

अझै केही दिन विद्यमान मौसमी प्रणालीमा फेरबदल नहुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । पश्चिमी वायु कमजोर हुँदा बदली र वर्षा हुन सकेको छैन । जसका कारण गर्मी बढेको छ । 

सामान्यतः नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ । तर, यो वर्ष केही ढिलो हुन सक्ने मौसमविद् रोजन लामिछाने बताउँछन् । उनका अनुसार भारतको केरलासम्म मनसुन आइसकेको छ । केरला आइपुगेको मनसुन सर्दै नेपाल आउने हो ।

Dabur nepal
Agni Group

“केरलाबाट मनसुन नेपाल आइपुग्ने औसत समय १० देखि १२ दिन हो । तर, यो औसत समय हो । सधैँ १० देखि १२ दिनमै केरलाबाट मनसुन नेपाल आइपुग्छ भन्ने हुँदैन,” रोजन बाह्रखरीसँग भन्छन्, “यो भन्दा केही छिटो पनि हुनसक्छ भने ढिलो पनि हुन्छ । कहिले काहीँ १८–२० दिन पनि लाग्न सक्छ ।” 

‘रेकर्ड ब्रेक’ भएका क्षेत्रमा अझै तापक्रम बढ्छ ?

औसत समयमा मनसुन आउने हो भने अब चार दिन मात्रै बाँकी छ । तर, केरलासम्म आएको मनसुन औसत समयमा आइपुग्ने हो भने यो वर्ष ढिलो मनसुन नेपाल भित्रिनेछ । केरलाबाट औसत समयमै मनसुन आइपुग्यो भने करिब एक हप्ता ढिलो हुनेछ । जुन १९ को सेरोफेरोमा मात्रै मनसुन नेपाल भित्रिनेछ । 

तर, यकिन गरेर यही दिन नै मनसुन भित्रिन्छ भनेर भन्न नसकिने भएकाले मिति तोकेर मनसुन भित्रिने दिन खुलाउन नसकिने मौसमविद् रोजन बताउँछन् । 

नेपालबाट औसतमा अक्टोबर २ मा मनसुन बाहिरिन्छ । तर, यो पनि औसत समय मात्रै हो । योभन्दा केही अगाडि वा पछाडि मनसुन बाहिरिन पनि सक्छ । 

विभागका अनुसार यो वर्षको मनसुनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको छ । 

न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशका मध्य भू–भाग, कर्णाली प्रदेशका मध्य–पश्चिमी भू–भाग, गण्डकी प्रदेशका मध्य भू–भाग, लुम्बिनी प्रदेशका मध्य–दक्षिणी भू–भाग, वाग्मती प्रदेशका मध्य–पूर्वी भू–भाग र मधेस प्रदेशका पश्चिमी तथा मध्य भू–भागमा न्यूनतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ रहेको छ ।

मौसमविद् भन्छन्– यस वर्ष ढिलो गरी मनसुन भित्रिने देखिन्छ

यस वर्षको जेठ १८ देखि असोज १३ सम्मको चार महिनाको मनसुन सिजनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले स्पष्ट पारेको छ । यद्यपि, सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थानअनुसार फरक रहेको विभागको भनाइ छ । 

“सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका धेरैजसो भू–भाग र कोसी प्रदेशका दक्षिण–पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ,” विभागले भनेको छ, “वाग्मती, मधेस र कोसी प्रदेश तथा अन्य प्रदेशका केही भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu