site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं उपत्यका आसपास मौसमी प्रणालीको विकास : मेघगर्जन, चट्याङसहित वर्षा
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा नयाँ मौसमी प्रणाली विकसित भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसम विद् गोविन्द झाका अनुसार, काठमाडौं, सिन्धुपाल्चोक आसपासबाट नयाँ मौसम प्रणाली विकास भएको हो । जसले गर्दा काठमाडौं आसपास मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ । 

"अहिले काठमाडौं आसपासका जिल्लामा विकसित भएको स्थानीय मौसम प्रणाली नयाँ हो । काठमाडौं आसपास जिल्लामा विकसित भएको प्रणाली विस्तारै सर्दै गएको छ । जसले गर्दा काठमाडौं आसपास मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ," मौसमविद् झाले बाह्रखरीसँग भने ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हाल काठमाडौं उपत्यका तथा उपत्यकाको उत्तर र उत्तर–पूर्व दिशा आसपासको जिल्लामा मौसमी प्रणाली विकसित भएको र दक्षिण दिशामा फैलिने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सो क्षेत्र आसपासको क्षेत्रमा सावधानी अपनाउन पनि आग्रह गरिएको छ । 

उक्त प्रणालीको प्रभावले गर्दा काठमाडौं, भक्तपुर र सिन्धुपाल्चोक आसपासको क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ । 

“हाल काठमाडौं उपत्यका तथा उपत्यकाको उत्तर र उत्तर–पूर्व दिशा आसपासको जिल्लामा मौसमी प्रणाली विकसित भएको र दक्षिण दिशामा फैलिने क्रममा रहेकोले सो क्षेत्र आसपासको क्षेत्रमा सावधानी अपनाऔँ । उक्त प्रणालीको प्रभावले गर्दा काठमाण्डौ, भक्तपुर र सिन्धुपाल्चोक जिल्ला आसपासको क्षेत्रमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ,” महाशाखाले आइतबार राति जारी गरेको सूचनामा उल्लेख छ । 

pra-1751818993.jpg
 

 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २२:०९
प्रतिक्रिया दिनुहोस्