site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘रेकर्ड ब्रेक’ भएका क्षेत्रमा अझै तापक्रम बढ्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । ओखलढुंगा, सुनसरी, इलाम र नवलपरासीमा अहिलेसम्मकै उच्च गर्मी भएको छ । यी जिल्लामा हालसम्कै उच्च तापक्रम मापन गरिएको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार ओखलढुंगा, सुनसरीको धरान बजार, इलामको कन्याम चिया बगान र नवलपुरको दुम्कौलीमा हालसम्मकै उच्चतम तापक्रम मापन भएको हो ।  ओखलढुंगामा ३१ डिग्री, धरानमा ३९.३ डिग्री, कन्याम चिया बगानमा ३० डिग्री, नवलपुरको दुम्कौलीमा ४३.८ डिग्री सेल्सियस तापक्रम पुगेको विभागले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विभागले १३ वटा केन्द्रमा जुन महिनाको उच्चतम तापक्रम मापन भएको जानकारी दिएको छ । 

table1686279247.JPG

Global Ime bank

विभाग भन्छ– तराईमा तातो हावा चलिरहेको छ, सतर्क रहनू

मध्य तराई तथा पश्चिम तराईमा अझै तापक्रम बढ्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछाने बताउँछन् ।

“आज कोसी प्रदेशमा तापक्रम केही घट्ने सम्भावना देखिएको छ । बदलीको सम्भावना रहेकाले पूर्वी क्षेत्रको तापक्रम केही घट्छ कि भन्ने छ,” मौसमविद् लामिछाने बाह्रखरीसँग भन्छन्, “तर, मध्य तराई र पश्चिम तराईमा आज पनि तापक्रम उच्च रहनेछ । तापक्रम हिजोको भन्दा बढ्न पनि सक्छ । यदि, बढेन भने पनि स्थिर रहन्छ ।”

अझै केही दिन तापक्रम उच्च रहने उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !