site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौसमविद् भन्छन्– यस वर्ष ढिलो गरी मनसुन भित्रिने देखिन्छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालमा यस वर्ष ढिलो गरी मनसुन भित्रिने पूर्वानुमान गरिएको छ । अहिले भारतमै मनसुन प्रवेश नगरेकाले नेपालमा ढिलो गरी प्रवेश गर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

भारतमा भित्रिएको करिब एक सातापछि मात्रै मनसुन नेपाल प्रवेश गर्छ ।

"मौसमका बारेमा धेरै दिनअघि नै यस्तै हुन्छ भनेर अनुमान गर्न कठिन त हुन्छ । तर, तत्कालै नेपालमा मनसुन भित्रने अवस्था देखिँदैन," प्रधानाङ्गले बाह्रखरीसँग भने ।

उनका अनुसार नेपालमा सरदरमा जुन १३ मा मनसुन भित्रिने गर्छ भने अक्टोबर २ मा बाहिरिन्छ । "अहिलेसम्मको अनुमानानुसर यसपटक सरदर मितिभन्दा केही ढिलो मनसुन भित्रने देखिन्छ," उनले भने ।

नेपालमा हरेक वर्ष पूर्वी भेग हुँदै मनसुन भित्रने गर्छ । क्रमश: पश्चिम पुगेर फेरि फर्केर पूर्वी भेगबाटै बाहिरिने छ ।

मौसमविद्ले यसपटक मनसुनमा सरदरभन्दा कम वर्षा हुने पनि अनुमान गरेका छन् । यसपटकको प्रिमनसुनमा भने अधिकांश स्थानमा सरदर आसपास वर्षा भएको छ ।

मौसमविद्का अनुसार मनसुनको खास प्रकृति लामो समय पानी (झरी) पर्ने हो । तर, केही वर्षयता फरक भएको छ ।

मार्च, अप्रिल र मे गरी तीन महिनाको अवधिलाई प्रिमनसुन मानिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro