देश

भद्रपुर (झापा) । झापाको बुद्धशान्ति गाउँपालिका–३, सयपत्री टोलका ३९ वर्षीय रोशन जिमीको करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, जिमीलाई आइतबार साँझ ७ बजे घर नजिकै रहेको आफ्नै खेतमा रोपाइँका लागि पानी तान्ने क्रममा मोटर सेट जडान गर्दै गर्दा अचानक करेन्ट लागेको थियो ।
स्थानीयवासीले गम्भीर घाइते उनलाई तुरुन्तै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याएका थिए । तर, उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ खड्काले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: आइतबार, असार २२, २०८२ २३:४३
प्रतिक्रिया दिनुहोस्