site stats
बाह्रखरी :: Baahrakhari
देश
कांग्रेस प्रमुख सचेतक र माओवादी सांसदबीच भनाभन, बैठक छोडेर हिँडे घिमिरे

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माबीच भनाभन भएको छ । 

बैठकमा शिक्षामन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक घिमिरेले विद्यालय शिक्षा विधेयक पारित गर्न थप समय माग गरेका थिए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसपछि शर्माले कुनै पार्टीको ‘ह्वीप’ नमान्ने बताइन् । सहज रूपमा समिति अगाडि बढिरहेको बेला कुनै दलको सचेतकको ह्वीप नमान्ने उनले बताएकी हुन् । “आज आएर फेरि थप समय माग गरिएको छ । हामीलाई कुनै दलको ह्वीप लगाउने काम नहोस् । हामी कसैको ह्वीप मान्न तयार छैनौँ,” उनले भनिन् । 

शर्माले बोल्दै गर्दा घिमिरे रिसाउँदै नियमापत्ति जनाए । “कसले ह्वीप लगायो । मेरो नियमापत्ति छ । म हिँडे,” उनले भने । 

त्यसपछि  समिति सभापति अम्मरबहादुर थापाले घिमिरेलाई बस्न अनुरोध गरे । तर, घिमिरे बैठकबाट निस्किए ।  

अहिले सिंहदरबारमा समितिको बैठक जारी छ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्