site stats
बाह्रखरी :: Baahrakhari
देश
महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु
प्रतीकात्मक तस्बिर ।

जलेश्वर । महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट निर्माण गरिरहेका एक मजदुरको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको रामगोपालपुर–५ बस्ने ३२ वर्षीय मजदुर छटु मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए । औरही नपा–७, भोयल निम्किया गाउँको कृषि सडकमा कल्भर्ट निर्माण गर्दै गरेको मजदुर छटुको शरीरमा बिजुलीको तार चुँडिएर खस्दा करेन्ट लागेर मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय रोशनकुमार यादवले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्थानीय तथा पीडित परिवारले विद्युत् प्राधिकरणको लापरबाहीको कारण घटना घटेको आरोप लगाएका छन् । प्रहरीले घटनास्थलमा पुगेर सर्जमिन मुचुल्का तथा शवपरीक्षणका लागि अस्पताल पठाउने तयारी गरिहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भट्टले बताए । रासस

 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २३:०१
प्रतिक्रिया दिनुहोस्