site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रामबहादुरलाई कालो मोसो लगाइएको होइन, गाडीमा मोविल छ्यापिएको हो : गृहमन्त्री श्रेष्ठ 

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोसी प्रदेशका पूर्वमन्त्री तथा एमाले संसदीय दलका उपनेता रामबहादुर रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो भएको बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा कोसी प्रदेशका पहिचानवादी आन्दोलनबारे ब्रिफिङ गरेका गृहमन्त्री श्रेष्ठले रामबहादुर रानामगरलाई अवरोध गरिएको भएपनि कालो मोसो दलिएको भन्ने हल्ला झुटो भएको बताए । 

Dabur Nepal
NIC Asia

“रामबहादुर रानामगर सवार गाडीमा पहिचान पक्षधरले सडकमै ढुंगामुढा राखेर अवरोध गरेको देखियो । त्यस क्रममा रानामगरजीको गाडीमा मोविल पोखिएको रहेछ,” श्रेष्ठले भने, “माननीयज्यूलाई कालोमोसो दलिएको भन्ने सत्य होइन ।” 

उनले रानामगरले आफूसँगको कुराकानीमा प्रहरीले खेलेको भूमिकाको प्रसंशा गरेको  बताए । “यस सम्बन्धमा माननीयजीसँग सम्पर्क गर्दा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकाप्रति अन्त्यन्तै प्रशन्नतासहित धन्यवाद भन्नुभएको छ,” श्रेष्ठले भने, “उदयपुरमा पनि सर्पदंश उपचारकेन्द्रमा भेन्टिलेटर राख्न जाँदा समेत अवरोधको प्रयास भएको थियो ।” 

प्रदेश उपसभामुख सृजना दनुवारसहितको टिममा रहेको वा २ झ ३७३८ नम्बरको गाडीको झण्डा भिकेर भागेको, अर्को गाडीमा क्षतिपपुगेको भएपनि मानवीय समस्या भने नआएको बताए । 

डीएसपीको गाडी अघि बढेको समयमा ट्रकले रोकिएपछि त्यही मौकामा मोटरसाइकलमा आएका पहिचानवादीले झण्डा भिकेर ढुंगा प्रहार गरी भागेको उनले बताए । उनले गाडी तोडफोड गरेर भाग्नेलाई पनि प्रहरीले खोजी गरिरहेको बताए । 

उनले प्रदेशसभको नामकारणदेखि नै सुरूभएको आन्दोलनका कारण प्रदेश सभासञ्चालन गर्न समेत अवरोध भएको बताए । 

“आन्दोलनकारी शक्ति र नेताहरूसँग वार्ता गरी सम्झौता गरेर प्रदेशसभा सञ्चालन हुने वातावरण निर्माण गरियो । प्रदेश सरकारका तटर्फबाट पनि सबै समस्याका समाधान वार्ताको माध्यामबाट राजनीतिक ढंगले गर्ने समझदारी गरेर अघि बढाएको छ,” श्रेष्ठले भने, “तर, प्रदेशसभामा अवरोध गर्ने, मुख्यमन्त्री मन्त्री र सांसदहरूलाई निषेध गर्ने, कोसी प्रदेश उल्लेख भएका साइनबोर्ड हटाउने लगायतका गतिविधि अझै पनि जारी छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro