site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीको सुझाव : सरकारको संयमतालाई कमजोरी ठानेर अराजक नबन्नुस् 

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोसी प्रदेशमा भइरहेको पहिचानवादी आन्दोलन अराजक बन्दै गएको भन्दै त्यसले आन्दोलनसँगै संघीयतालाई नै जोखिममा पार्नेतर्फ सचेत गराएका छन् । 

संघीय संसद्अन्र्तगतको प्रतिनिधिसभाको बैठकमा संबोधन गर्र्दै गृहमन्त्री श्रेष्ठले आफना विचार राख्ने र जनमत निर्माण गर्ने स्वतन्त्रता संविधानले प्रदान गरेको भन्दै त्यसको सीमा नाघेर अराजक गतिविधि नगर्ने छुट कसैलाई नभएको बताए । 

Dabur Nepal
NIC Asia

“म फेरि भन्छु, संघीय लोकतान्त्रिक गणतन्त्र हामीले धेरै संघर्ष गरेर स्थापित गरेको हो । यसमाथि एउटा वा अर्को कोणबाट आक्रमण हुन दिनु कसैको पनि हितमा छैन,” श्रेष्ठले भने, “आन्दोलनकारी भन्ने साथीहरूलाई म भन्न चाहन्छु, सबैको आआफ्नो विचार राख्ने स्वतन्त्रता छ । संविधान र संघीय लोकतन्त्रले सुनिश्चित गरेको बाटो लोकतान्त्रिक विधि र संविधानको सीमा भित्रै रहनुपर्छ ।” 

उनले पहिचानवादीको आन्दोलनले संघीयता विरोधीहरूलाई बल नपुगोस् भनेर सचेत हुन पनि आग्रह गरे । 

“आफन मुद्दाहरू शान्तिपूर्ण बाटोबाट राख्ने, जनमत निर्माण गर्दै कार्यान्वयन गर्न सकिन्छ,” श्रेष्ठले भने, “संविधान र कानुनलाई आफ्नो हातमा लिएर अराजक, उदंण्ड गतिविधि गर्ने, सार्वजनिक सम्पत्तिको क्षति पु¥याउने र अरुको सुरक्षामा चुनौती खडा गर्ने कुरालाई सरकारले छुट दिन सक्दैन ।” 

उनले त्यस्ता गतिविधिमा प्रत्यक्ष वा परोक्षरूपमा अन्य राजनीतिकदलहरूले पनि मलजल गर्न नहुने बताए । 

“यसबारे गम्भीरतापूर्वक भन्न चाहन्छ । सरकार वा राजनीतिक पार्टीहरूले पनि संयमतापूर्वक कुनै पनि प्रकारका गतिविधिका कारणले अराजक उदंड र गैरकानुनी कामलाई सहयोग नपुगोस भनेरसचेत हुनुपर्ने अवस्था छ,” श्रेष्ठले भने, “म सबै राजनीतिक दललाई । त्यसप्रत पनि सचेत हुन आग्रह गर्न चाहन्छु ।” 

उनले कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् भनेर सचेत गराएका छन् । “तपाईहरूले कानुन हातमा लिनुभयो भने, अराजकतलाई हतियार बजाउनुभयो भने र व्यवस्थाविरुद्ध बोल्नै संविधान विरोध गतिविधि गर्न थाल्नुभयो भने सरकार कडा कदम चाल्न बाध्य हुन्छ,” श्रेष्ठले भने, “हामीले वार्ता, संवाद र सहजीकरणको तरिका अपनाएर त्यसले अन्यथा रूप नलिओस भन्नेमा सचेतता अपनाउँदै आएका छौँ ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro