site stats
बाह्रखरी :: Baahrakhari
खेल
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
अर्जेन्टिनाका मिडफिल्डर म्याक एलिस्टर लिभरपुलमा अनुबन्धित
Ghorahi CementGhorahi Cement

काठमाडौं । अर्जेन्टिनाका मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरलाई ब्राइटनबाट लिभरपुलले अनुबन्धित गरेको छ ।

कतारमा गत वर्ष सम्पन्न विश्वकपको उपाधि दिलाउन अर्जेन्टिनाको महत्वपूर्ण सदस्य बनेका २४ वर्षीय एलिस्टर ३५ मिलियन पाउन्डमा लिभरपुल अनुबन्धित भएका हुन् ।

Dabur nepal
Agni Group

लिभरपुलले एलिस्टरलाई पाँच वर्षको सम्झौतामा क्लब भित्र्याएको हो । सन् २०१९ मा ब्राइटन आएका एलिस्टरले क्लबका लागि ११२ खेलमा २० गोल गरेका छन् । यस सिजन ब्राइटन प्रिमियर लिगको छैटौँ स्थानमा रहेर युरोपा लिगमा छनोट हुँदा म्याक एलिस्टर टिमका महत्वपूर्ण सदस्य थिए ।

“यो सपना पूरा भएको जस्तै हो । लिभरपुलमा अनुबन्धित हुन पाउनु ठूलो उपलब्धि हो र म यहाँबाट खेल्नका लागि व्यग्र प्रतिक्षामा छु,” सम्झौतापछि एलिस्टरले भने, “म प्रि–सिजनको पहिलो खेलदेखि नै लयमा रहन चाहन्छु । विश्वकप र ब्राइटनमा हासिल गरेको सफलताका कारण यो मेरो लागि उत्कृष्ट वर्ष थियो । तर अब यो लिभरपुलको बारेमा सोच्ने र हरेक दिन राम्रो खेलाडी र राम्रो मानव बन्ने प्रयास गर्ने समय आएको छ ।”

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu