site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्कटल्यान्डविरुद्ध नेपाल १३५ रनमै अलआउट 
फाइल तस्बिर ।

काठमाडौं । एकदिवसीय विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासरत नेपाली टिमले स्कटल्यान्डसमक्ष १३६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार दक्षिण अफ्रिकाको टक्स ओभलमा टस हारेपछि ब्याटिङमा आएको नेपाल २८.५ ओभरमा १३५ रन बनाएर अलआउट भयो ।

नेपाली टिमको खातामा कुशल मल्लले ३७ रन बनाए । आसिफ शेखले २८, कुशल भुर्तेलले १६ रन र दीपेन्द्र सिंह ऐरीले १३ रन बनाए । यस्तै, भीम सार्की आठ, ज्ञानेन्द्र मल्लले सात रन जोड्दा आरिफ शेख र गुल्सन झाले समान पाँच रन थपे । 

सोमपाल कामीले तीन रन जोड्दा करण केसी चार रनमा अविजित रहे । नेपालका कप्तान रोहितकुमार पौडेल ‘गोल्डेन डक’ भएका थिए । 

नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई तयारी खेल खेल्ने छ । दक्षिण अफ्रिकामा १० दिनको तयारीपछि नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाब्वे प्रस्थान गर्ने छ ।

विश्वकप छनोटको समूह ‘ए’मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।

यस्तै, जुन २० मा नेपालले अमेरिकासँग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।

नेपालले छनोटअघि जिम्बाब्वेमै दुई ‘वार्म अप म्याच’ पनि खेल्ने छ । नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्ने छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro