site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढे : मन्त्री शर्मा
फाइल तस्बिर।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताएकी छन् ।

बिहीबार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो साधारणसभालाई सम्बोधन गर्दै उनले प्राविधिक शिक्षाको कमी हुँदा कतिपय युवाहरु बर्बादीको शिकार भइरहेको बताइन् ।

Dabur Nepal
NIC Asia

साइबर शिक्षा र डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा समस्या बढिरहेको भन्दै उनले सामाजिक सञ्जालको दुरुपयोगका कारण आत्महत्या गर्नुपर्ने स्थिति समेत हुने गरेको बताइन् । यसलाई समयमा नै नियन्त्रण र यससम्बन्धी शिक्षा दिन आवश्यक रहेको उनको भनाइ छ । 

सूचना र प्रविधिमा हुने विकृतिका कारण युवापुस्ताहरु भड्किरहेको बताउँदै उनले नेपालमा साइबर सुरक्षा नीति नभएकाले वर्तमान सरकारले त्यससम्बन्धी काम गरिरहेको स्पष्ट पारिन् । डिजिटल शिक्षालाई जनस्तरमा पु¥याउनसके सूचना र प्रविधिसम्बन्धीका धेरै समस्या समाधान हुने उनले बताइन् ।

“हामीसँग साइबर सुरक्षा नीति छैन । यसको अन्तिम तयारीमा हामी छौँ । डिजिटल शिक्षालाई व्यापक रुपमा लैजान सकेका छैनौँ,” उनले भनिन्, “मोबाइलको विकाससँगै त्यो शिक्षालाई पनि अघि बढाउनुपर्छ ।”

मन्त्री शर्माले मोबाइलको विकाससँगै प्राविधिक शिक्षालाई पनि जनस्तरमा पु¥याउन जरुरी रहेको बताइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro