site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
स्मार्ट लुक्सका लागि फेसन 
Sarbottam CementSarbottam Cement


काठमाडौं । कुनै पनि पहिरनको छनोट आफू सुहाउँदो गर्नुपर्छ । पहिरनले सहज महसुस गर्नुपर्छ । जथाभावी भद्दा पहिरनले मानिसको व्यक्तित्वमै नकारात्मक असर गर्न सक्छ ।

आफूलाई हिँड्न, बस्न, काम गर्न सहज हुने पहिरनतर्फ ध्यान दिनुपर्छ । यस्तो पहिरनले मानिसको आत्मविश्वास बढाउँछ । अर्थात्, पहिरनका कारण कुनै किसिमको झन्झट व्यहोर्नु पर्दैन । कतै जाँदा आफूलाई फिट र सुहाएको पहिरन लगाएको छ भने बेग्लै आत्मविश्वास बढ्ने गायिका इन्दिरा जोशी बताउँछिन् ।

तर, नेपालमा हलिउड, बलिउडका कलाकारले लगाएका, सामाजिक सञ्जालमा देखिएका तस्बिरका आधारमा त्यस्तै पहिरन लगाउन खोज्नेहरूको संख्या बाक्लै छ । त्यो गलत च्वाइस भएको इन्दिरा बताउँछिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी भन्छिन्, “कसैलाई सुहाएको पहिरन, डिजाइन र कलरहरू अर्कोलाई पनि सुहाउँछ भन्ने हुँदैन । कतिपय ट्रेन्डमा रहेका फेसन पनि सबैलाई सुहाउँछ भन्ने हुँदैन ।”

 

Global Ime bank

indira joshi1686214441.jpg

आफ्नो फिगर, स्किन टोन, समय र कामअनुसारको पहिरन छनोट गर्नुपर्नेमा उनी जोड दिन्छिन् । इन्दिरा फेसेनेबल गायिकाका रूपमा समेत परिचित छिन् । गीतमा जस्तै उनी आफ्नो आउट फिटको मामिलामा पनि उत्तिकै सजग हुन्छिन् ।

पहिलेपहिले आङ ढाक्न लगाउने पहिरन अहिले ‘खाएको देखिन्न, लाएको देखिन्छ’ भन्दै यसमा सम्झौता नगर्ने मानिस धेरै छन् । बदलिँदो समयसँगै पहिरन आफैँमा सौन्दर्यदेखि, आत्मविश्वासको कडी तथा सन्देश समेत बन्दै गएको छ ।

पहिलेपहिले विवाह, अरू पार्टी तथा चाडपर्वमा मान्छे नयाँ–नयाँ आभूषणमा सजिन रुचाउँथे । तर, अहिले दिनहुँ युवा जमात मात्र नभई कामकाजी महिला, गृहिणी, पुरुषहरू समेत आकर्षक गेटअपमा हिँडेको देखिन्छ ।

अहिलेको पुस्ता देखिन र देखाउन चाहन्छ । जसरी भए पनि आकर्षक र फरक देखिने चाह उनीहरूमा हुन्छ । अहिलेको पुस्ता अर्थात् टीनएजर केपपका फ्यान छन्, कोरियन सिनेमा, संगीत र फेसनले पनि नेपालको किशोर पुस्तालाई लोभ्याइरहेको छ, बाँकी विश्वलाई झैँ ।

सन् १९९० को दशकपछि आफ्नो बेग्लै लुक्स, फिल र स्टाइलका कारण कोरियन पपले लोकप्रियता पायो । सन् २००० बाट के–पपको क्रेज चुलियो । उनीहरूकै सिको गरेर हिँड्न खोज्ने थुप्रै छन् ।

मानिसमा स्मार्ट र सुन्दर देखिने चाहनासँगै पहिरनका शो रुमहरूमा पनि विविधता देखिन्छ । त्यस्ता शो रुममा क्याजुअल, रेडिमेड र डिजाइनर वेयर छ्यापछ्याप्ती भेटिन्छ । अहिले रेडिमेड पहिरन टिनएजप्रति लक्षित छ । बुटिकमा प्लस २५ लाई लक्षित गरी पहिरन डिजाइन गरिएको पाइन्छ ।

sudeepa pathak1686214446.jpg

कुनै समय सम्भ्रान्त परिवारका सदस्यले मात्र प्रयोग गर्ने बुटिकका पहिरन अहिले आममानिसको रोजाइमा परिसकेको छ । मुलुकभर बुटिक व्यवसाय फस्टाउँदै गएको छ । बढ्दो प्रतिस्पर्धासँगै आमउपभोक्तालाई समेत ध्यानमा राखेर मूल्य निर्धारण गर्न थालिएको छ ।

शरीर सुहाउँदो पहिरन तयार गरिने हुँदा पनि बुटिक धेरैको रोजाइमा पर्ने गरेको फेसन डिजाइनर मोनिमा जोशी बताउँछिन् ।

अहिले कुपन्डोलमा मात्र सयभन्दा बढी बुटिक छन् । कुपन्डोललाई बुटिकको हब पनि भनिन्छ । दरबारमार्ग, न्युरोड, नक्साल, भाटभटेनी, नयाँ तथा पुरानो बानेश्वर, महाराजगन्ज, पानीपोखरी, लाजिम्पाट, जाउलाखेललगायत स्थानमा बुटिकको संख्या बढ्दो छ । काठमाडौं उपत्यकामा सानाठूला बुटिकको संख्या ४०० भन्दा बढी भइसकेको बताइन्छ ।

आफू सुहाउँदो पहिरन अपनाउनुपर्ने फेसन डिजाइनर रमिला नेमकुलको सुझाव छ । उनी भन्छिन्, “यसले फेसनेबल देखाउनुका साथै अरूभन्दा फरक देखाउँछ ।”

फेसन सहज किसिमको र समयानुकूल समेत हुनुपर्नेमा उनी जोड दिन्छिन् । “स्टाइलिस देखिनका लागि पहिरनको संयोजनमा भने उचित ध्यान दिनुपर्छ,” उनी भन्छिन्, “हरेक सिजनमा उही परिहन शैली पुनरावृत्ति हुन्छ ।”

हरेक वर्ष एकदमै नयाँ र पृथक् शैलीको फेसन चल्छ भन्ने हुँदैन । गएको सिजनमा चलेको पहिरनमा थोरै मोडिफाई मात्र पनि हुन सक्ने उनी बताउँछिन् ।

नेपालमा भौगोलिक स्थितिअनुसार फरक–फरक प्रकारका पोसाक लगाइन्छ । हिमालमा बख्खु, दोचा लगाइन्छ । पहाडमा दौरा–सुरुवाल, चोलो–धोती लगाइन्छ । तराईमा फरिया, जामा, धोती र भेस्ट लगाइन्छ ।

“ती भौगोलिकअनुसारका पहिरनहरूलाई पनि दैनिक रूपमा लगाउन मिल्ने डिजाइन गर्ने सक्यौँ भने हाम्रा पहिरनहरू पनि अन्तर्राष्ट्रिय बजारले रुचाउन सक्छ,” लन्डनमा करियर अगाडि बढाइरहेकी फेसन डिजाइनर संयुक्ता श्रेष्ठ बताउँछिन् ।

miss nepal nikita chandak1686214444.jpg

फेसन ट्रेन्ड कस्तो चल्दै छ भन्ने कुरा मुख्यतः मौसमले तय गर्छ । जसरी मौसम परिवर्तन हुन्छ, त्यसैगरी फेसन ट्रेन्ड पनि फेरिँदै जान्छ । जस्तो, जाडोमा गाढा रङको न्यानो पहिरन, गर्मीमा उज्यालो रङको हल्का र खुला अनि वर्षामा रंगीर र वाटर प्रुफ । कतिपय फेसन ट्रेन्ड कहिल्यै पुरानो हुँदैन, सदाबहार चल्छ । जुनसुकै समयमा पनि लगाउन सकिन्छ । जसमा जिन्स र सारीलाई लिन सकिन्छ । जिन्सका कतिपय ट्रेन्ड भने निश्चित समयसम्म चलेको र हराएको उदाहरण छ ।

फेसन डिजाइनर तेन्जिङ छेतेन भुटियाका अनुसार सन् २०२३ को फेसन कलर ट्रेन्डमा सुन्तला, नियोन ग्रीनका साथमा चहकिला रङहरू छन् । पृथ्वी र जैविक तत्त्वसँग मेल खाने रङका रूपमा सुन्तला–खैरो टोन पनि फेसनमा छ । योपटक लुज पाइजामा स्टाइलका पाइन्ट, फ्लेरी ड्रेसेस फेसनमा छ । फिटेट पहिरन खासै फेसनमा छैन ।

kusum_rasail1686214441.jpg

इभेन्टमा लगाइने गाउनहरूमा योपटक इम्ब्रोडरी, एकभन्दा बढी कलरको कम्बिनेसन आउट भएको छ । कान्स फिल्म फेस्टिभल हेर्दा अधिकांश महिला सेलिब्रिटी गाउनमा पूरै एउटै कलर र कपडालाई नै प्रयोग गरेर ¥याप, ड्रयाप गरेका गाउनहरूमा देखिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC