site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माध्यमिक शिक्षा अध्ययन गरेका विद्यार्थीलाई स्वदेशमै राख्नुपर्छ– बराल 
Tiktok banner adTiktok banner ad

काठमाडौं । एमाले सांसद सुनिता बरालले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट पुनः ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गरेकी छन् । 

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै बुधबार उनले बजेटले मुलुकमा विद्यमान समस्या समाधान गर्ने आशा जगाउन नसकेको भन्दै पुनः बजेट पेश गर्न माग गरेकी हुन् ।  बजेटमा आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिनु खुसीको विषय भए पनि बैंक तथा वित्तिय संस्थाले हाल गरिरहेको कर्जाको अवस्था हेर्दा लक्ष्य हासिल गर्न चुनौती रहेको बताइन् । ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न बैंक तथा वित्तिय संस्थाले १५ देखि १८ प्रतिशतको कर्जा विस्तार गर्नुपर्नेमा चालु आर्थिक वर्षको हालसम्मको अवधिमा जम्मा ३.५ प्रतिशत मात्र कर्जा विस्तार हुनुले सरकारको लक्ष्य पुरा नहुने तर्क बरालले गरिन् । 

बरालले बजेटले शिक्षा क्षेत्रमा पर्याप्त लगानीको ढोका नखोलेको भन्दै यथेष्ट लगानीबिना शैक्षिक गुणस्तर उकास्न नसकिनेमा जोड दिइन् । एमाले सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पूर्वअध्यक्षसमेत रहेकी बरालले उच्च माध्यामिक तहको शिक्षा अध्ययन गरेका युवालाई स्वदेशमै राख्ने नीति सरकारको हुनुपर्नेमा अहिलेको नीति त्यसतर्फ अग्रसर नभएको गुनासो उनले गरिन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro