site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटलाई सुधार नगरे मुलुकमा द्वन्द्वको सिर्जना हुनसक्छ : अध्यक्ष यादव
Tiktok banner adTiktok banner ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर संविधानको पालना गरेको बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको पालना गरेको बताएका हुन् ।

"संसद्ले दुई–दुई पटक पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले जुन प्रमाणीकरण गरे, राष्ट्रपतिले संविधानको पालना गरेका छन् । रक्षा गरेका छन् । नागरिकको सन्तानलाई नागरिकता दिन रोक्ने जुन कार्य भएको छ त्यो अन्याय भएको छ," उनले भने ।

राष्ट्रपतिले संविधानको रक्षा गरेको पनि उनले बताए । नागरिकको सन्तानलाई नागरिकता नदिएर अन्याय गरिएको उनको भनाइ छ । उनले बजेटलाई सुधार नगर्ने हो भने देशको लागि नै दुर्भाग्य हुने र मुलुकमा द्वन्द्वको सिर्जना हुने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro