site stats
बाह्रखरी :: Baahrakhari
खेल
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
अब रेलिगेसनबाट जोगिन प्रतिस्पर्धा
Ghorahi CementGhorahi Cement

काठमाडौं । सुरुदेखि अन्त्यसम्म नै अंक तालिकामा रोमाञ्चक प्रतिस्पर्धा भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होड मंगलबार समाप्त भएको छ । नव प्रवेशी चर्च ब्वाइज युनाइटेडले थ्रीस्टारसँग गोलरहित बराबरी खेलेसँग नेपालको शीर्ष डिभिजन लिगले नयाँ विजेता पायो । चर्च ब्वाइजले एक अगावै उपाधि पक्का गर्‍यो । 

उपाधिको टुंगो लागेसँगै लिगको रौनक सकियो भन्न पनि सकिन्छ । तर, लिगको रौनक सकिएको भने छैन । उपाधि जित्ने प्रतिस्पर्धा सकिए पनि रेलिगेसनबाट जोगिने प्रतिस्पर्धा भने झनै रोमाञ्चक मोडमा पुगेको छ । मंगलबारै खुमलटारले सशस्त्र प्रहरी बल (एपीएफ)लाई २–० ले हराएपछि रेलिगेसन क्षेत्रको प्रतिस्पर्धा अझ रोमाञ्चक मोडमा पुगेको हो । 

त्यही प्रतिस्पर्धामा आज फ्रेन्ड्सले संकटाविरुद्ध प्रतिस्पर्धा गर्दैछ भने न्युरोड टिम एनआरटीले मनाङ मर्स्याङ्दीसँग प्रतिस्पर्धा गर्ने छ । अर्को खेलमा हिमालयन शेर्पाले साविक विजेता मछिन्द्रसँग खेल्ने छ । 

Dabur nepal
Agni Group

फ्रेन्ड्स र संकटाले दशरथ रंगशालामा साँझ ६ बजे प्रतिस्पर्धा गर्ने छन् । फ्रेन्ड्स अहिले २६ अंकका साथ अंक तालिकाको पुछारमा छ । एक खेल बढी खेलेको खुमलटार २७ र थ्री स्टार २९ अंकका साथ क्रमशः १२ र १३औँ स्थानमा छ । संकटा भने २४ खेलबाट ३० अंक जोडेर दशौँ स्थानमा छ । संकटाले आज फ्रेन्ड्सलाई हराए रेलिगेसनको तनाबबाट मुक्त हुने छ । फ्रेन्ड्सले जितेमा रेलिगेसन क्षेत्रको प्रतिस्पर्धा अझ रोमाञ्चक बन्ने छ ।

दशरथ रंगशालामै हुने पहिलो खेलमा हिमालयन शेर्पा र मछिन्द्रले प्रतिस्पर्धा गर्ने छन् । हिमालयन शेर्पा २४ खेलबाट ३१ अंक जोडेर आठौँ स्थानमा छ । समान खेलबाट ३९ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा छ ।

दिउँसो तीन बजे नै च्यासलमा मनाङले एनआरटीसँग प्रतिस्पर्धा गर्ने छ । २४ खेलमा ३२ अंक जोडेको मनाङ छैटौँ स्थानमा छ । समान खेलबाट ३० अंक जोडेको एनआरटी भने ११ औँ स्थानमा छ । रेलिगेसनको सम्भावना टार्नका लागि आज एनआरटीलाई जित्नै पर्ने छ । 

आजको खेल
मनाङ मर्स्याङ्दीविरुद्ध एनआरटी– दिउँसो ३ बजे, च्यासल मैदान

हिमालयन शेर्पाविरुद्ध मछिन्द्र– दिउँसो ३ बजे, दशरथ रंगशाला

संकटाविरुद्ध फ्रेन्ड्स– साँझ ६ बजे, दशरथ रंगशाला

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro