site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यवसायीका मागबारे मन्त्री ज्वालाले भने– म्याद थप र भुक्तानीका विषयमा सकारात्मक छु
Tiktok banner adTiktok banner ad

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत सरकारले म्याद थप लगायतका महत्वपूर्ण माग सम्बोधन नगरेको भन्दै आन्दोलित नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरूका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार मन्त्री ज्वालालाई भेटेर महासंघका मागका विषयमा ध्यानाकर्षण गराएको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष लामाले माइलस्टोनको खारेजीसहित म्याद थप, भुक्तानी, मूल्य समायोजन लगायतका व्यवसायीको महत्वपूर्ण मागबारे बजेटमा केही सम्बोधन नभएकाले व्यवसायीहरू ठूलो मारमा परेको बताए ।

मूल्य समायोजनसहित एकमुष्ट रूपमा २०८१ असार मसान्तसम्म सबै आयोजनाहरूको म्याद थप हुनुपर्ने उनले बताए । व्यवसायीहरूको रकमको भुक्तानी भएमा अर्थतन्त्र चलायमान भई त्यसको सकारात्मक प्रभाव राज्यको अर्थतन्त्रमै देखिने उनको भनाइ छ ।

जवाफमा मन्त्री ज्वालाले म्याद थप र भुक्तानीका विषयमा आफू सकारात्मक रहेको बताउँदै व्यवसायीहरूको समस्या समाधानमा सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । मन्त्रालयका सचिव इन्जिनियर केशवकुमार शर्माले पनि व्यवसायीहरूका मागप्रति मन्त्रालय सकारात्मक रहेको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  २०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro