site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बजेटलाई सच्याउन ओलीको माग, अरू कसले के भने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि आएको बजेटले आर्थिक संकट समाधान गर्न नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै ओलीले बजेटलाई सच्याउनुको विकल्प नरहेको बताए ।

ओलीले पूजापाठ गरेर अर्थतन्त्रमा सुधार नआउने भन्दै सरकारलाई व्यङ्ग्यसमेत गरे ।

“संसारमा पूजापाठबाट अर्थतन्त्रको सुदृढ कहीँ पनि भएको छैन, अर्थमन्त्रीज्यू ! चाहनाबाट मात्रै हुँदैन, प्रयासबाट हुने हो । प्रयास पनि योजनाबद्ध हुनुपर्छ,” ओलीले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

बजेटले नेपाल र नेपालीको प्रतिनिधित्वसमेत गर्न नसकेको दाबी ओलीको छ । 

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले संसद्मा ओलीले सम्बोधन गरिरहेका बेला एमालेकै सांसदहरू निदाएको टिप्पणी गरेका छन् । बजेटको छलफलका क्रममा ओलीले लामो समय लिएपछि निधिले कटाक्ष गरेका हुन् ।

Global Ime bank

निधिले बजेटको भने प्रशंसा गरे । बजेटले जटिल अवस्थामा रहेको अर्थतन्त्र पार लगाउने उनको भनाइ छ । 

“अर्थतन्त्रलाई तीन खम्बाको रूपमा हामीले मानेका छौँ,” निधिले भने, “सहकारी क्षेत्र अनौपचारिक क्षेत्रजस्तो भएको छ । १० खर्बभन्दा बढी पुँजी परिचालन गरेको क्षेत्रलाई राम्रोसँग सम्बोधन गर्न सकिएको छैन ।”

निधिले सहकारीलाई साथमा लिएर गए अर्थतन्त्रलाई विकास गर्न मद्दत पुग्ने पनि बताए । उनले अर्को सहकारी बैंक खोल्न अनुमति दिनसमेत माग गरे । अहिले एउटा मात्र सहकारी बैंक भएकाले उसको एकाधिकार रहेको भन्दै प्रतिस्पर्धाका लागि अर्को सहकारी बैंक आवश्यक रहेको निधिको तर्क थियो ।

एमालेका सांसद योगेश भट्टराईले नेपालको आर्थिक कूटनीतिको असफल भएको बताए । “भारतले चिनियाँ लगानी भएको जलविद्युत् नकिन्ने भनेको छ । हाम्रो विमानस्थलमा उडान सुविधा दिएको छैन,” भट्टराईले भने, “हाम्रो आर्थिक कूटनीति फेलियर भएको छ । जलस्रोतमा हामीले केही देशलाई अग्राधिकार दिने गलत काम गरेका छौँ ।”

महालेखा परीक्षकले देखाएको उठाउन बाँकी तीन खर्ब २५ अर्ब राजस्व उठाउनुपर्ने उनको भनाइ छ । उनले राजस्वका दर फाइनल गर्ने क्रममा अर्थसमिति र लेखा समितिका सभापतिलाई राख्न पनि सुझाव दिए । 

माओवादी केन्द्रका सांसद माधव सापकोटाले दोलखामा चुनढुंगा खानी सञ्चालन गर्नुपर्ने माग गरे । युरोप, अमेरिकामा छुर्पी निर्यात भएको कुरालाई अगाडि बढाउँदै एग्रो टुरिजमको विकास गर्नुपर्ने उनको भनाइ छ । 

उनले अरनिको लोकमार्गको सडक सुधार गर्नसमेत माग गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्षको भन्दा बजेटको आकार घटेर आउनु अहिलेको स्थितिमा सकारात्मक भएको बताए । तर, समाधानउन्मुख बजेट नआएको उनको तर्क छ ।

“बजेटले अर्थतन्त्रको समस्या पहिचान गरे पनि समाधानका लागि ठोस उपाय दिन सकेको छैन,” श्रेष्ठले भने, “बजेटमा आममानिसले भोगेको समस्याको समाधान छैन ।

सांसद अब्दुल खानले चुहावट रोक्दै राजस्व वृद्धि गर्न सुझाव दिए ।

सांसद रामप्रकाश चौधरीले भूमिहीन दलित, सुकुम्वासी एवं अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्दा जग्गा बिक्री गर्न नपाइने व्यवस्था गर्न सुझाव दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC