site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको कटाक्ष : पूजापाठबाट अर्थतन्त्र कहीँ पनि सुदृढ भएको छैन
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा गरिएको पूजाप्रति कटाक्ष गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा उनले भगवान छ भनेर कोसिस नै नगरिने भन्दै व्यंग्य गरेका हुन् ।

“भगवान छन् नि भन्ने छ । यहाँ भएन भने इन्डिया गएर १०८ किलो चढाएर भए पनि भगवान छन् नि हाम्रा, किन कोसिस गर्नुपर्या छ भन्ने छ,” ओलीले भने ।

ओलीले बजेटले समस्याको पहिचान गर्न नसकेको र समाधान गर्न नचाहेको आरोप लगाएका छन् । उनले बजेटले परिणाम दिन नसक्ने बताए ।

उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पूजाबाट अर्थतन्त्र सुदृढ नभएको बताए ।

“संसारमा पूजापाठबाट अर्थतन्त्रको सुदृढ कहीँ पनि भएको छैन अर्थमन्त्रीज्यू । चाहनाबाट मात्रै हुँदैन,” ओलीको भनाइ छ, “प्रयासबाट हुने हो । प्रयास पनि योजनाबद्ध हुनुपर्छ ।”

उनले नीति तथा कार्यक्रममा प्रतिपक्षले भनेको कुरा लागु नभएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro