site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीका पहाडी जिल्लामा स्वास्थ्य सुविधा पुर्‍याउन सांसदको माग

विराटनगर । पहाडी क्षेत्रमा स्वास्थ्य पहुँच बढाउनको लागि शिक्षण जिल्लाको रुपमा विकास गर्न माग गरिएको छ ।

नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य इन्दिरा थापाले कतिपय निजी मेडिकल कलेजले केही जिल्लालाई शिक्षण जिल्लाको रुपमा प्रयोग गर्दै आएकोले अब बीपी प्रतिष्ठानले त्यो काम सुरु गर्नुपर्ने माग गरिन् ।

प्रदेश सरकारले स्वास्थ्य पहुँच बढाउनको लागि जिल्लामा अवस्थित अस्पतालमा भएका उपकरण प्रयोग गर्दै धनकुटामा चिकित्सक उपलब्ध गराउनु पर्ने माग गरिन् । उनले भनिन्, “धनकुटामै उपकरण र आईसीयूको सुविधा छ । तर चिकित्सक नहुँदा समस्या भएको छ । ताप्लेजुङमा पनि स्वास्थ्य पहुँच बढाउन आवश्यक छ ।”

थापाले बजेटमै पहाडी क्षेत्रका अस्पतालाई सुविधा सम्पन्न बनाउन व्यवस्था हुनुपर्ने माग गरिन् ।

राप्रपाका सांसद गोपाल विश्वकर्माले किसानले अहिले पनि मलखाद पाउन नसकेको भन्दै सरकारले उचित प्रबन्ध गर्नुपर्ने माग गरे । कांग्रेसका गोविन्द गिरीले पशुधनमा देखिएको लम्पी स्किन रोगको उचित उपचारको प्रबन्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro