site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वर्णिम वाग्लेको प्रश्न : अर्थमन्त्रीले नीतिगत भ्रष्टाचार नभएको विश्वसनीय जवाफ दिन सक्नुहुन्छ ?
फाइल तस्बिर।

काठमाडौं । रास्वपा सांसद तथा अर्थविद डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले नीतिगत भ्रष्टाचार गरेको होइन भनेर विश्वासिलो जवाफ दिनुपर्ने बताएका छन् । संसद्को बैठकको सुरुवातमै समय लिएर बोलेका डा. वाग्लेले अर्थमन्त्रीलाई कलंकको टिका नलागोस् भन्ने आफ्नो कामना रहेको बताए ।

“गत वर्षको निश्चित विचौलियाका डिजाइनमा करका दर परिवर्तन गरेको आरोपपछि अर्थमन्त्रीले राजीनामा दिनुपरेको थियो । रास्वपा त्यस्तो कलंक बोक्नु नपरोस् भन्ने कामना गर्छ,” डा. वाग्लले भने, “हामी रचनात्मक विपक्षको भूमिका निर्वाह गर्न चाहन्छौँ । स्पन्जदेखि बिलेट, आलु–प्याजसम्मका दर प्रभावित गरेका विषय आएका छन् । धेरैलाई चासो र जानकारी नै नहुने विषय त्यहाँबाट प्रभावित हुन सक्छन् । यसको विषयमा अर्थमन्त्रीको विश्वासिलो जवाफ आओस् ।”

Dabur Nepal
NIC Asia

उनले एचएस कोडका विज्ञलाई विधि र प्रक्रिया पु¥याएर सल्लाहकार राखिएको हो कि होइन भनेर समेत प्रश्न राखेका छन् ।

“यत्रो लामो अभ्यासमा एचएस कोडका विज्ञ एक वा दुईजना मात्र भएका हुन् ?,” डा. वाग्लेले भने, “यदि त्यस्तो हो भने अबका दिनमा यस्तो अवस्था नआउनका लागि अर्थमन्त्रीले काम गर्नुहोला ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro