राजनीति
काठमाडौं । निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो हुन लाग्दा समेत प्रतिनिधिसभाको बैठक सुरु भएको छैन । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रतिपक्ष दलका कारण सुरु हुन ढिलाइ भएको बताइएको छ ।
बजेटको करका दर परिवर्तनका क्रममा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्ने विषयमा प्रस्ट नपारेसम्म सदन चल्न नदिने प्रतिपक्ष दलले जनाएका छन् ।
सभामुख देवराज घिमिरेको सचिवालयले भने सहमतिको प्रयास भइरहेको र अब केही बेरमा बैठक सुरु हुने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १२:५५
प्रतिक्रिया दिनुहोस्