site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
न्यायाधीशलाई वकिलको प्रश्न– अभियुक्तलाई छोड्नुभयो भने दुनियाँले के भन्छ ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो दिनको थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट प्रस्तुत भएका बहसमा सहायक जिल्ला न्यायाधिवक्ताले अभियुक्तहरूलाई थुनामा नराखी छाडे दुनियाँले के भन्छ भन्दै न्यायाधीशलाई प्रश्न गरेका छन् ।

सोमबार बहस गरेका सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराईले भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई नथुने अन्तर्राष्ट्रिय छवि कस्तो बन्ला भन्दै न्यायाधीशलाई प्रश्न गरेका हुन् ।

भट्टराईले नेपाली नागरिलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी प्रकरणलाई अन्तर्राष्ट्रियरूपमा नै नियालिएको भन्दै राष्ट्रको उच्च पदमा रहेका व्यक्तिहरूले नै यसरी नागरिकलाई गैरकानुनी तबरबाट विदेश पठाउने योजना गरी देशको शिर नै निहुराएको दाबी गरे ।

यस्तो अवस्थामा पक्राउ परेका अभियुक्तहरूलाई पूर्पक्षका लागि थुनामा नराख्दा समाज र अन्तर्राष्ट्रियस्तरमा हाम्रो ‘न्याय प्रणालीलाई के भन्ला’ भन्दै न्यायाधीशलाई प्रश्न गरे ।

“श्रीमान यस मुद्दालाई युएनएचसीयारदेखि अन्तर्राष्ट्रिय स्तरमा हेरिरहेको छ । यसरी उच्च पदमा बहला रहेका व्यक्तिहरूको यसमा संलग्नताले नेपालको छविनै बिगारेको छ,” भट्टराईले बहसका क्रममा न्यायाधीशलाई प्रश्न गर्दै भने, “यस्तो अवस्थामा उनीहरूलाई निर्भिक भएर छाड्दा हेर्नेले के भन्लान ?”

Global Ime bank

बहसकर्तासँग पटकपटक संगठित अपराध भएको प्रमाण पुर्‍याउन प्रश्न गरिरहेका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले अरुले के भन्लान्  भनेर फैसला नहुने जवाफ फर्काए । इजलासमा बसेको आफू वा न्यायपालिकाले दुनियाँ हेरेर नभइ तथ्य र प्रमाणमा बलियो हुन सुझाव दिए ।

“तपाई अभियुक्तहरूलाई थुनामा राख्नुपर्ने कारण र प्रमाण पेस गर्नुस् । त्यसै आधारमा थुनछेक आदेश हुन्छ,” न्यायाधीश न्यौपानेले भने, “अरुले के भन्छन् भनेर अदालतले आदेश गर्ने होइन ।”

न्यायाधीश न्यापानेले त्यति भनेपछि भट्टराईले आफ्नो बहसलाई थुनछेकसम्बन्धी विषयवस्तुमा केन्द्रीत गरेका थिए ।

सहायक जिल्ला न्यायाधीवक्ता भट्टराईले संगठित अपराधसँग सम्बन्धित विभिन्न सर्वोच्च, अदालतबाट प्रतिपादित नजीरहरू उल्लेख गर्दै अभियोग लगाइएका अभियुक्तहरू सबै कसुरमा दायित्व रहेको दाबी गरे । किर्तेको अभियोगमा सबैको प्रत्यक्ष संलग्नता नभएपनि संगठित रूपमा एकै उद्धेश्यका लागि संगठनहरूले त्यसको दायित्व लिनुपर्ने उनको भनाइ थियो ।

न्यायाधीश न्यौपानेले भने भट्टराईलाई अभियुक्तहरूकोबीच के कसरी नेक्सस स्थापित छ भनेर प्रमाणीकरण हुने सबुत र प्रमाणहरूको स्रोत प्रस्तुत गर्न भनिरहेका थिए ।

न्यौपानेले भट्टराई भन्दाअघि बहस गरेका न्यायधिवक्ता जनक घिमिरेलाई पनि अभियुक्तहरूबीच एकर्काको अपराधमा नेक्सस र व्यक्तिहरूबीचको कनेक्सन पुष्टि गर्न भनेका थिए ।

भट्टराईले अभियुक्तहरूबीच फोनमा आदान प्रदान भएका संवाद, लेनदेनका विवरण र बयानका क्रममा अभियुक्तहरूले बताएका विषयलाई प्रस्तुत गर्दै अभियुक्तहरूबीचको नेक्सस देखाउन कोसिस गरे ।

उनले तत्काल प्राप्त प्रमाणको आधारमा यस प्रकरणमा ठगी गर्न संगठीत अपराधको रोहबाट सिलसिलाबद्ध रूपमा भएको भन्दै अभियुक्तहरूलाई थुनामा राख्न माग गरेका थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै विभिन्न समयमा रकम असुल गरी ठगी गरेको आरोपमा ३० जनाविरुद्ध पाँच अभियोगमा मुद्दा दर्ता भएको छ ।  

ठगीसहित कीर्ते, राष्ट्रियहित विरुद्धको अपराध, एकीकृत कसुर र संगठीत अपराधमा गत १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो । उक्त मुद्धामा आइतबारदेखि जिल्ला अदालत काठमाडौमा थुनछेक बहस भइरहेको छ ।

सरकारी वकिलले अभियुक्तहरूलाई थुनामै राखेर थप अनुसन्धन गर्नेगरी आदेश माग गर्दै बहस गरिरहेका छन् ।सरकारी वकिलको बहस सकिएपछि अभियुक्ततर्फका वकिलहरूले आगामी बुधबारदेखि बहस गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu