site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रमेश बडालको तर्क– केपी ओलीको संलग्नता पुष्टि गर्न खोजियो, टोपबहादुरविरुद्धको आरोप निराधार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त टोपबहादुर रायमाझीको पक्षमा बहस गरेका पूर्वमहान्यायाधिवक्ता रमेश बडालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसमेतको प्रतिरक्षा गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भइरहेको सुनुवाइका क्रममा शुक्रबार रायमाझीको तर्फबाट बहस गरेका बडालले एमाले अध्यक्ष ओलीको पनि प्रतिरक्षा गरेका हुन् । उनले अभियोजन नै 'राजनितिक स्वार्थको उपज रहेको' तर्क गरे ।

"श्रीमान् अभियोजनबाटै राजनीतिक गन्ध आउँछ," बडालले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका बडालले शरणार्थी प्रकरणमा ओलीको संलग्नतासमेत पुष्टि गर्न खोजिएको बताए । अर्का अभियुक्त केशव दुलालको बयानलाई जोड्दै उनले बयानको अन्तिममा गएर एमाले निकटका नेताहरूलाई पोल्ने मनसाय राख्दै बयान गरिएको दाबी गरे ।

टोपबहादुरविरुद्ध पेस भएका तीन 'प्रमाण'को खण्डन गर्दै बडालले हालसम्म प्राप्त प्रमाणका आधारमा उनलाई थुनामा राख्न नपर्ने र साधारण तारेखमा रिहा गरिनुपर्ने तर्क गरे ।

Global Ime bank

उनका अनुसार टोपबहादुरविरुद्धको अभियोगपत्रमा पहिलो प्रमाणका रूपमा जाहेरवालामध्येका प्रेमराज पन्थीको जाहेरीलाई उल्लेख गरिएको छ । बडालले पन्थीको जाहेरीको दर्ता मिति २०८० जेठ १ गते रहेको बताए । टोपबहादुरविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि मात्र जाहेरी दर्ता भएकाले पहिलो प्रमाण नै तथ्यहीन र बनावटी रहेको दाबी बडालको छ । 

त्यस्तै, पन्थीले २०७८ सालमै अख्तियारमा यसै विषयमा उजुरी दर्ता गर्दा कतै पनि टोपबहादुरको नाम उल्लेख नगरेकाले हाल दिएको जाहेरी तथ्यहीन रहेको बडालको तर्क छ । 

टोपबहादुरविरुद्ध दोस्रो प्रमाणका रूपमा उल्लेख गरिएको अनुसन्धान अधिकृतसमक्ष सानु भण्डारीको बयानलाई पनि प्रमाणका रूपमा लिन नसकिने बडालको भनाइ छ । 

बडालका अनुसार भण्डारीको तीनपटक बयान लिइएको र पहिलो बयानमा उनले टोपबहादुरलाई पटकपटक गर्दै दुई करोड रकम बुझाएको बताएका थिए । तेस्रोपटकको बयानमा भण्डारीले एक करोड ६० लाख रकम एकैपटक टोपबहादुरको निजी घरमा बुझाएको बताएका थिए ।

फरक फरक वक्तव्य दिएकाले भण्डारीले दिएका बयानलाई प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने बडालको तर्क छ ।

त्यस्तै, भण्डारीकै घरबाट बरामद गरिएको भनिएको डायरीमा भुटानी शरणार्थी शीर्षक उल्लेख गर्दै 'टोप मामा' भित्र विभिन्न मितिमा रकम दिएको अभियोगपत्रमा उल्लेख छ । बडालका अनुसार डायरीमा विभिन्न मितिमा टोपबहादुरलाई ६७ लाख रुपैयाँ दिएको उल्लेख छ ।

डायरीलाई सरकारी वकिलहरूले नै प्रमाणका रूपमा नमानेर अभियोगपत्रमा टोपबहादुरले एक करोड ६० लाख लिएको उल्लेख गरेको बडालतको तर्क छ । 

यसै प्रकरणका अर्का सहभियुक्त भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको बयानलाई टोपबहादुरविरुद्धको प्रमाणको रूपमा उल्लेख गरिएको छ । तर, टोपबहादुरका वकिल बडालले भने रिजालको 'मानसिक स्थिति नै ठिक नरहेको' दाबी गरे । रिजालको बयानलाई प्रमाणका रूपमा लिन नमिल्ने उनको तर्क छ । 

अभियोगपत्रमा पेस भएको सबै प्रमाणहरू ग्रहणयोग्य नभएको दाबी गर्दै बडालले टोपबहादुरलाई साधारण तारेखमा छाड्न माग गरे ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँ ठगेकोसहित पाँच अभियोगमा गत आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement