
काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक– एनआईसीसीआई दिवस २०२३ को घोषणा गरिएको छ ।
यो कार्यक्रमले नेपाल र इटालीबीचको व्यावसायिक सम्बन्धलाई पर्यटन, उद्योग, आयात, निर्यात बढाउन एनआईसीसीआईको प्रतिबद्धतालाई जनाउने बताइएको छ ।
इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिँदै यस अवसरको महत्वलाई अझ प्रगाढ बनाउने बताए ।
एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालले यस कार्यक्रमले द्विपक्षीय व्यापारप्रतिको प्रतिवद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढावा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढावा दिने महत्वमा जोड दिएको बताए ।