
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसद तथा पूर्वश्रममन्त्री डोलप्रसाद अर्यालले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा राखिएको राजस्व लक्ष्यले बजेट अनौठो र अचम्मको भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै अर्यालले राजस्वका अधिकांश स्रोतको लक्ष्य समान भएकाले कसरी पुरा हुन्छ भन्ने अचम्ममा आफू परेको बताएका हुन् ।
“राजस्वका ११९ वटा स्रोतहरूमध्ये २१ वटाबाहेक ९८ वटा स्रोतको वृद्धिदर एकै कसरी हुन्छ ? यो विद्वान अर्थमन्त्रीले पछि जवाफ दिनुहोला । चालु आर्थिक वर्षमा राजस्वको संकलन लक्ष्य पुरा नहुने देखिन्छ,” उनले भने, “जसले वित्त नीतिमा दबाब सृजना गर्ने एकातिर छ भने यस्तो हचुवाको भरमा प्रक्षेपित राजस्वले देशलाई कहाँ पुर्याउने हो ? गम्भीर प्रश्न खडा भएको छ ।”
अर्यालले बजेटमा यथार्थ पुरक संशोधन अनिवार्य रहेको पनि बताए ।