site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी सांसद भन्छन्– प्रधानमन्त्रीको भारत भ्रमण विगतभन्दा अलग रह्यो
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रम भंग गर्दै सफलता मिलेको बताएका छन् ।

आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यो भ्रमण विगतको भन्दा अलग भएको पनि दाबी गरे । 

उनले प्रमुख प्रतिपक्ष दल एमालेले नागरिकता विधेयकको विषयलाई लिएर संसद् अवरोध गर्नु जायज नभएको बताए । संसद्मा सबै प्रक्रिया पूरा गरेर राष्ट्रपतिकहाँ पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै यसमा केही गलत नभएको पनि बताए ।

"संसद् नै अवरुद्ध गर्ने, वेल घेर्नेसम्मको पोजिसन लिनु जायज होइन । संसद्मा दुई, दुई पटक छलफल चलेर यहाँका सबै प्रक्रिया पूरा गरेर राष्ट्रपति कार्यालयमा गएको, त्यसबेला विविध कारणले तत्कालिन राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएन । खालि प्रमाणीकरण गर्न बाँकी भएको कुरा गरेको न हो," उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro