site stats
बाह्रखरी :: Baahrakhari
देश
बुटवलमा बस र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२, तामनगरमा शनिबार भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ ।

बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु३९प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेजनजिक एकापसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

दुर्घटनामा गुल्मीको मालिका गाउँपालिका–४, अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८, सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते दुवैजनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  २१:३९
प्रतिक्रिया दिनुहोस्