site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री प्रचण्ड इन्दौरबाट नयाँ दिल्ली प्रस्थान
फाइल तस्बिर ।
SkywellSkywell

कााठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्य प्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका छन् ।

इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले बिदाइ गरे । उनले विमानभित्रै पुगेर नेपाली प्रतिनिधिमण्डलको बिदाइ गरेका थिए ।

KFC Island Ad
NIC Asia

सो क्रममा मुख्यमन्त्री चौहानले भारत–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन आफूहरु तयार रहेको बताए । उनले भारत र नेपालबीच सदियौँ पुरानो सम्बन्ध रहेको र यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले आजै इन्दौरमा विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरे । सो क्रममा उनले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको बिरुवा समेत रोपेका थिए ।

Royal Enfield Island Ad

प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्य प्रदेशको इन्दौर पुगेका थिए । इन्दौरमा रहँदा उनले उज्जैनस्थित श्री महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गरेका थिए । उनले इन्दौरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरेका थिए ।

सो क्रममा इन्दौर नगर निगमको प्रमुख कार्यकारी अधिकृत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएकी थिइन् । स्वच्छ भारत अभियानअन्तर्गत इन्दौर नगर निगमले फोहर व्यवस्थापनमा गरेको काम विश्वमै नमुनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्य प्रदेशका मुख्यमन्त्रीले आयोजना गरेको रात्रिभोजमा सहभागी भए ।

प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम छ । उनी यही जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro