site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रकारका संगठन भन्छन्– सञ्चार क्षेत्रको विकासका लागि सरकारहरु गम्भीर भएनन्
Tiktok banner adTiktok banner ad

काठमाडौ‌ं । पत्रकारका संगठनका प्रमुखहरूले सरकार सञ्चार क्षेत्रको विकासमा लागि गम्भीर हुन नसकेको बताएका छन् । सरकारमा नपुग्दासम्म सञ्चार क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको बताउने तर सत्तामा पुगेपछि प्रभावकारी काम नगर्ने गरेको उनीहरुले बताएका हुन् ।

सामुदायिक रेडियो प्रसारक संघ अकोराबले आज गरेको छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले देशको राजनीतिक परिवर्तन, विपद्लगायतका अन्य संकटका बेला सञ्चारमाध्यमको भूमिका अतुलनीय रहने गरे पनि सरकारले यो क्षेत्रको दिगो विकासका लागि प्रभावकारी नीति ल्याउन नसकेको बताए । 

देशका स्वतन्त्र रेडियोहरु नेपालमा पत्रकार उत्पादनका नर्सरी रहेको भन्दै उनले सरकारले रेडियोहरु चर्को शुल्क तिरेर नवीकरण गर्नै नसक्ने अवस्थामा पुगेको कुरालाई बुझ्न नसकेको बताए । नेपालको सञ्चार क्षेत्रमा २० अर्बभन्दा बढीको समुदाय र नीजि क्षेत्रको लगानी रहेको तथा ४० हजार जनाले रोजगारी पाएको उल्लेख गर्दै आर्थिक संकटले सञ्चार क्षेत्रलाई पारेको प्रभाव कम गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन सक्नुपर्ने उनले बताए । 

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपालमा रेडियोका साथै अन्य सञ्चारमाध्यमको दिगोपनाको प्रश्न उठिरहेको भन्दै यसले समग्र पत्रकारितालाई नै प्रभाव पार्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सत्तामा पुगेपछि दलका नेताको बोली फेरिने गरेको भन्दै सञ्चार क्षेत्रको विकासका लागि कुनै सरकारले पनि सोच्दैन भन्ने कुरा यसपटकको बजेटबाट पनि पुष्टि भएको बताए । 

प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले सामुदायिक रेडियोसहित अन्य सञ्चारमाध्यमको योगदानको कदर गर्दै दीर्घकालीन रुपमा समस्या समाधान गर्नेमा सरकारले ध्यान दिनुपर्ने बताए । 

समाजवादी प्रेस संगठनका उपाध्यक्ष विश्वमणि सुवेदीले सञ्चारसँग सम्बन्धित कानुन निर्माणले अझै पूर्णता पाउन नसकेको भन्दै सबै समस्याको समाधान गर्न सरकारलाई दबाब बढाउनुपर्ने आवश्यकता औँल्याए । 

कार्यक्रममा अकोराबका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोका समस्या समाधानका लागि पटकपटक ध्यानाकर्षण गराउने, भद्र रुपमा आफ्ना माग राख्ने र सरकारलाई सहमत गराउने कोसिस गरे पनि सरकारले यो विषयलाई गम्भीरतापूर्वक नलिनु दुःखद् भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  २०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro