site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सगरमाथाको फोहोरको भिडियो सेयर गर्दै कंगनाले भनिन्– संसारलाई मानिसबाट बचाउनुहोस्

काठमाडौं । भारतीय अभिनेत्री कंगना रनौतले विश्वकै सर्वाेच्च शिखर सगरमाथामा थुप्रिएको फोहोरलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।

सगरमाथाको आधार शिविरमा थुप्रिएको फोहोरको भिडियो ट्विटरमा रिट्विट गर्दै उनले संसारलाई मानिसबाट बचाउन भन्दै बिन्ति गरेकी छन् ।

मंगलबार भारतीय अभिनेत्री रनौतले उक्त भिडियो सेयर गर्दै भगवानको सबैभन्दा प्यारो ठान्ने मान्छेले एक पटक जाँच्न आवश्यक रहेको लेखेकी छन् ।

“यो दृश्य हेरेर तपाईले महसुस गर्नुहुनेछ कि मानिस भगवानलाई सायद सबैभन्दा कम मनपर्छ,” उनले ट्विटरमा लेखेकी छन्, “तिनीहरू (मानिस) ले आफ्नो दुर्गन्धित, फोहोरी पदचाप जताततै छोड्छन् ।”

अन्तमा उनले ‘कृपया संसारलाई मानिसहरूबाट बचाउनुहोस्....’ भनेर लेखेकी छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहण गर्नका लागि प्रत्येक वर्ष विश्वभरका दजनौँं मानिसहरूले अनुमति लिने गर्छन् । तर, सगरमाथा आरोहण गर्नेको संख्या बढ्दै गएपनि त्यहाँको अव्यवस्थित सरसफाइका कारण फोहोर पनि उत्तिकै धेरै बढ्दै गएको छ ।

ट्विटरमा कंगनासँगै अरु प्रयोगर्ताहरूले पनि फोहोरलाई लिएर आलोचना गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro