खेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा गरिरहेका दुई विभागीयसहित तीन क्लबले एएफसी क्लबको लाइसेन्स पाएका छन् ।
फर्स्ट इस्ट्यान्ट बडी (एफआईबी) ले मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लब गरी तीन क्लबलाई लाइसेन्स दिने निर्णय गरेको हो ।
क्लब लाइसेन्स पाएसँगै यी तीन क्लबले अब सन् २०२३–२४ को एएफसी क्लब प्रतियोगितामा सहभागी हुन पाउनेछन् । क्लब लाइसेन्स एएफसी कपका लागि पनि मान्यता प्राप्त हुनेछ ।
यसअघि गत सिजन पनि यी तीन क्लबले एएफसीबाट लाइसेन्स पाएका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १५:४५
प्रतिक्रिया दिनुहोस्