site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मण्डलामा हेर्ने हो लोक कथामा आधारित स्याडो प्ले ‘बुद्ध र भिखारी’ ?

काठमाडौं । कथामा एउटा भिखारी छ । उसको दिन भिख माग्दै बित्छ ।  उसले भिखबाट पाएको केही चामल बचाउँछ । उसले जम्मा गरेको चामल मुसाले खाइदिन्छ । एक दिन, भिखारीले आफूले जम्मा गरेको चामल मुसाले खाइरहेको देख्छ । 
  
मुसाले भिखारीलाई प्रत्येक व्यक्तिको छुट्टाछुट्टै भाग्य हुने गरेको बताउँछ । कसको भाग्य कस्तो छ भनेर कसरी थाहा पाउने त भिखारीले मुसालाई सोध्छ । भिखारीलाई मुसाले यो प्रश्न बुद्धलाई सोध्न भन्छ । 

त्यसपछि भिखारीले सुरु गर्छ, बुद्धको खोजीको यात्रा । लामो यात्रामा भिखारी एक धनी व्यक्तिको घरमा बास बस्छ । उक्त घरमा तीनजनाको परिवार छ । छोरी बोल्न सक्तिनन् । भिखारी बुद्धकोमा जान लागेको थाहा पाएपछि उनीहरूले आफ्नी छोरी के गरे बोल्छिन् भनेर सोधिदिन आग्रह गर्छन् ।

यात्राकै क्रममा जादूगर र कछुवालाई भेट्छ । उनीहरूले पनि दुःख अन्त्य कसरी गर्ने सोधिदिन भिखारीलाई आग्रह गर्छन् ।  लामो यात्रापछि भिखारी  बुद्धकोमा पुग्छ । भिखारीसँग चारवटा प्रश्न हुन्छन्, बुद्धलाई सोध्न । तर, बुद्धले तीनवटा प्रश्नको मात्रै जवाफ दिने बताउँछन् । विलखबन्दमा परेको भिखारी आफ्नो प्रश्न छोडेर बाटोमा भेटिएका तीनजनाको प्रश्न सोध्छ । आफ्नोबाहेक तीनवटा प्रश्नहरूको जवाफ लिएर भिखारी पुरानै बाटो हुँदै घर फर्किन्छ । फर्किँदा बाटोमा के–के हुन्छ त्यही नै नाटक ‘बुद्ध र भिखारी’को मुख्य पक्ष हो । 

नाटकमा स्याडो प्लेमा पपेटको चरित्रबाट कथा भनिएको छ । स्याडो प्लेमा नेपालमा बिरलै मात्रै नाटक भएका छन् । लोक कथा आफ्ना बालबालिकालाई आमा–बुवाले सुनाएजस्तो लाग्ने यो नाटक ‘बुद्ध र भिखारी’ अनिल सुब्बाले निर्देशन गरेका हुन् । 

मंगलबारबाट मण्डला थिएटरमा मञ्चन सुरु भएको नाटकमा सौजन सेनेहाङ लिम्बू, रुपेश लामा, वेदना राई, सन्जिव व थोगी, प्रतिना राई, सुनिल तामाङ, रमिता राई, नवीनचन्द्र अर्याल, मनिश मगर, मोहन राई, गणेशप्रसाद पौडेल कलाकार छन् । 

लोक कथामा आधारित नाटकको नाट्य रुपान्तरण च्मन आङथुपोले गरेका हुन् । सोमबारबाहेक हरेक साँझ साढे ५ बजे सुरु हुने नाटक जेठ ३२ गतेसम्म मञ्चन हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro