site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेश सरकारबाट जसपा बाहिरिने

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले कोसी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सुनसरीको इटहरीमा बुधबार बसेको पार्टी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट आफ्नो पार्टीको तर्फबाट नेतृत्व गर्ने मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

नेकपा (एमाले) नेतृत्वको वर्तमान प्रदेश सरकारमा जसपाकी निर्मला लिम्बू स्वास्थ्यमन्त्री छिन् । उनी गत पुस २५ गते मन्त्री बनेकी थिइन् ।

संघीय सरकारमा सत्ता गठबन्धनमा रहेको जसपा कोसी प्रदेशमा भने एमाले नेतृत्वको सरकारमा थियो । जसपा र नेकपा (माओवादी केन्द्र)लाई सरकारलाई दिएको समर्थन फिर्ता लिन कांग्रेसले दबाब दिँदै आएको थियो ।

जसपाका कोसी प्रदेश अध्यक्ष दिपक याख्खाले यसबारे आजै पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएका छन् ।

गत पुस २४ गते एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० जना सांसदको समर्थनमा एमालेका हिक्मतकुमार कार्की कोसीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro