site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
म्युजिक भिडियोमा व्यस्त किरण, कति लिन्छन् पारिश्रमिक ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । हास्य कलाकार किरण केसी (राता मकै) पछिल्लो समयका म्युजिक भिडियोमा व्यस्त कलाकारमध्येका एक हुन् । उनी अहिले महिनामा १० देखि १२ वटासम्म म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् । 

“कुनै गीतमा बुवा चाहियो म । अलि मात्तिएको मान्छे चाहियो म । नाच्न जान्ने अधबैँसे मान्छे चाहियो म ।  कमेडियन चाहियो म । रमाइलो मान्छे चाहियो म,” किरण भन्छन् ।
 
कति लिनु हुन्छ पारिश्रमिक ? “म फेल्कजिबल छु । यति नै भन्ने छैन । गीत र प्रोडक्सन हेरेर म पारिश्रमिक लिन्छु,” जवाफमा किरण भन्छन्, “एभरेजमा ४५ हजारदेखि ५० हजार लिन्छु ।” धेरैजसो म्युजिक भिडियोको छायांकन एकै दिनमा सकिने भएकाले समयमा हिसावले पनि म्युजिक भिडियोको काम सहज हुने उनको अनुभव छ । 

Prabhu Bank
Agni Group
NIC Asia

माडीमा मेरो जग्गा कब्जा भएको होइन

किरण अहिले मात्रै होइन पहिला पनि गीतमा नाच्ने गरेको स्मरण गर्छन् । शिव रेग्मी, अशोक शर्मा, राजकुमार राईलगायत निर्माताले सिनेमामा आफ्ना लागि भनेर छुट्टै गीत बनाउने गरेको उनको भनाइ छ । कमेडियनको भूमिकामा आफू हुँदा उनका लागि एउटा गीत छुट्ट्याइने गरेको उनको भनाइ छ । 

Global Ime bank

किरण तिजका गीतमा पनि अभिनय गर्दै आएका छन् । हरेक तीजमा किरण नाचेका गीत आउने गरेका छन् । 

आफूलाई टिकटकका कारण पनि धेरैले म्युजिक भिडियोमा लिने गरेको उनी बताउँछन् । आफ्नो रमाइलो स्वभाव पनि आफूलाई लिनुको अर्को कारण भएको उनको अनुभव छ । आफूले अभिनय गर्दा छायांकनस्थल पिकनिक स्पटजस्तो हुने गरेको उनको भनाइ छ । 

उनले हालसम्म करिब १८० वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।   

जताततै किरण

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC