site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीर्ष स्थानमा चर्च ब्वाइजलाई चार अंकको अग्रता
Tiktok banner adTiktok banner ad

काठमाडौं । विभागीय टिम एपीएफ फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइजको जितमा अनन्त तामाङले दुई गोल गरे । मौसम सुब्बा र आशिष चौधरीले समान एक गोल गरे । एपीएफका आवास लामिछानेले एक गोल फर्काएका थिए ।

खेलको तेस्रो मिनेटमा मौसमले गरेको गोलबाट चर्चले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा अनन्तले चर्च ब्वाइजको अग्रता दोब्बर पारे । ५५औँ मिनेटमा अनन्तले नै चर्च ब्वाइजको अग्रतालाई ३–० मा पुर्‍याएका थिए ।

८३औँ मिनेटमा आवास लामिछानेले गोल एपीएफलाई ३–१ को अवस्थामा झारेका थिए । तर, आशिष चौधरीले खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गोल गरेपछि ४–१ को जित निश्चित गरे ।

जितसँगै चर्चले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको चर्च ब्वाइजले २३ खेलबाट ४१ अंक जोडेको छ । चर्चलाई पछ्याइरहेको जावलाखेल युथ क्लबको ३७ अंक छ ।

यता, तालिकाको सातौं स्थानमा रहेको एपीएफले २३ खेलबाट २९ अंक जोडेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २१:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro