site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्जकहरू सम्मानित तथा पुरस्कृत

काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठानले आफ्नो २४औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न सर्जकहरूलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।

प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा ‘दायित्व वाङ्मय विशिष्ट सम्मान’बाट शशी पन्थी र रमेश गोर्खालीलाई सम्मानित गरियो । त्यस्तै ‘दायित्व वाङ्मय सम्मान’बाट विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्य सम्मानित भए ।

सोही अवसरमा ‘विद्वच्छिरोमणि हेमराज पुरस्कार’बाट नगद राशि २५ हजारसहित कोशकार चुडामणि गौतम पुरस्कृत भए भने ‘दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार’बाट नगद राशि १५ हजारसहित वसन्त रिजाल पुरस्कृत भए ।

‘हरिकला–गुणाकर दायित्व रचना पुरस्कार’ ११ हजार नगदसहित त्रिभुवनचन्द्र वाग्लेलाई प्रदान गरियो भने ‘दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार’ ११ हजार नगदसहित डा. जया सत्याललाई प्रदान गरियो ।

उक्त सम्मान तथा पुरस्कार सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले समर्पण गरे । सोअवसरमा रामप्रसाद पन्तको निबन्धकृति ‘निबन्धावली’ तथा ‘दायित्व’ साहित्यिक पत्रिकाको १४१औँ अंक लोकार्पण गरिएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro