site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रेशम चौधरीलाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिँदै रिहा गर्ने निर्णय खारेज गर्न माग गरिएको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।

घटनामा मारिएका प्रहरी अधिकृतकी पत्नी शारदा कडायत बोहोराले उक्त रिट दर्ता गराएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

गएको आइतबार मन्त्रिपरिषद्को बैठकले चौधरीसहित १९ राजबन्दीलाई आममाफी दिन सिफारिस गरेको तियो । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिसलाई स्वीकृत गरेका थिए ।

गणतन्त्र दिवसका अवसरमा सोमबार चौधरी जेलबाट रिहा भइसकेका छन् ।

संविधानसभाबाट संविधान जारीको तयारी भइरहेका बेला ०७२ साल भदौ ७ गते टीकापुरमा भएको आन्दोलनका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरीजवान जनक नेगी मारिएका थिए ।

पीडितलाई अन्याय हुने गरी मन्त्रिपरिषद्बाट निर्णय भएको भन्दै उक्त निर्णय र सिफारिसको कार्यान्वयन रोक्न रिटमा माग गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro