site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कानुनमै नभएको सुविधा लिएर सरकारी गाडी चढ्छन् कोसीका मन्त्री र उपनेता
पहिचानवादीले तोडफोड गरेको एमाले कोसी प्रदेश संसदीय दलका उपनेता रामबहादुर मगर चढ्ने गाडी । फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेश सरकारका सत्तारूढ र एक विपक्षी दलका नेता तथा उपनेताले कानुनविपरीत सरकारी गाडीको दुरुपयोग गरिरहेको देखिएको छ । सरकारले सवारीसाधन खरिद नगर्ने र खर्च कटौती गर्ने घोषणा गरेको अवस्थामा कानुनमै उल्लेख नभएको सुविधा लिएर उनीहरूले राज्यकोषमा भार थपिरहेका छन् ।

मुख्यमन्त्री, मन्त्री र सांसदले सरकारबाट प्राप्त गर्ने सेवा–सुविधासम्बन्धी प्रदेश सरकारको ऐनविपरीत ती नेताले सरकारी गाडी चढिरहेका छन् । मनमौजी ढंगले सरकारी गाडी लिने र दुरुपयोग गर्नेमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्वो र नेकपा (एमाले) संसदीय दलका उपनेता रामबहादुर मगर छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलले भने कानुनविपरीत गाडी र अरू कुनै सुविधा नलिने निर्णय गरेको छ । कांग्रेसका उपनेता हिमाल कार्की सरकारी गाडी चढ्दैनन् ।

प्रदेश सरकारको कानुनानुसार सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेता, प्रमुख सचेतक, सत्तारूढ दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिले मात्र गाडी सुविधा पाउँछन् । तर, एमाले नेतृत्वको सरकारलाई समर्थन गरिरहेको माओवादी केन्द्र दलका नेता आङ्बो, विपक्षी एकीकृत समाजवादीका राई र एमालेकै मगरले विगत लामो समयदेखि सरकारी गाडी दुरुपयोग गरिरहेका छन् ।

एमालेका मगरले चढ्ने गरेको गाडी पहिचानवादीले तोडफोड समेत गरेका थिए । त्यसको मर्मतका लागि सरकारलाई आर्थिक दायित्व पनि थपिएको छ ।

यही जेठ ३ गते इलामको माङ्सेबुङमा उनले चढ्ने गरेको बा२झ ३७३७ नम्बरको गाडी पहिचानवादीले तोडफोड गरेका हुन् । इलाम र झापाको सिमानामा पर्ने घर्तीदोभानमा उक्त गाडीमा तोडफोड गरिएको थियो । त्यो गाडी प्रदेशसभा सचिवालयमा फिर्ता ल्याई मर्मतका लागि पठाइएको छ । मर्मतमा लाग्ने खर्चबारे सचिवालयले खुलाएको छैन ।

गाडी तोडफोड भएपछि त्यति बेलै मगरले सरकारले सुविधा दिएकाले चढेको प्रतिक्रिया दिएका थिए ।

कांग्रेसले सेवा सुविधासम्बन्धी ऐनबाहेक विभिन्न दलका नेताहरूले लिएको सरकारी गाडी फिर्ता गराउन सरकारसमक्ष माग गरेको छ । कानुनमै उल्लेख नभएको सुविधा लिनेहरूबाट फिर्ता गरिनुपर्ने आफूहरूको माग रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए ।

उनले भने, “यहाँ त बेथिति नै बेथिति रहेछ । अनियमितता र कानुनको पैरवी गर्ने भनेर भाषण गर्नेहरूले नै सरकारी साधन–स्रोतको दुरुपयोग गरिरहेका छन् । प्रदेशसभाले दिने सुविधा त यसरी दुरुपयोग भएको छ भने मन्त्रालयहरूमा के भइरहेको होला ?”

मन्त्रालयबाट हुने सरकारी स्रोतको दुरुपयोगबारे कांग्रेसले खोजबिन समेत सुरु गरेको राईले बताए ।

यस्तै, प्रदेश राजधानीभित्र १५ किलोमिटरवरिपरि घर भएका सांसदलाई घरभाडा सुविधा लिन नदिने र यसबारे अरू दलले गरेका कार्य समेत रोक्न आग्रह गरिएको राईले बताए ।

“मन्त्रिपरिषद्को निर्णय भनेर नेताहरूले गाडी लगेको भनेर सचिवालयले जानकारी दिएको छ । तर, कहिले निर्णय गरेको हो, त्यसको नजिर के हो भन्ने सरकारले स्पष्ट गर्नुपर्छ ।”

आफन्तलाई स्वकीय सचिव नराख्न समेत कांग्रेसका सांसदलाई निर्देशन दिइएको प्रमुख सचेतक राईले सुनाए ।

सच्याइएको* यसअघि प्रकाशित समाचारमा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको पनि नाम भुलवस प्रकाशित हुन गएकोमा सच्याइएको छ । 

राईले आफु मुख्यमन्त्रीबाट हटेपछि त्यसबेला प्रयोग गरेका सामग्री काठमाडौं लैजान गाडी प्रयोग गरेको र सो गाडी त्यसैपटक गृहजिल्ला भोजपुर लगेको बताउँदै लगत्तै फिर्ता गरेको बताएका छन् । त्यसयता प्रदेश सरकारको कुनै पनि गाडी प्रयोग नगरेको उनको प्रतिक्रिया छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro