site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
५०–१०० किलोवाटका विद्युतीय सवारीमा २५ प्रतिशत कर, ईभी निरुत्साहित गरेको भन्दै व्यवसायी असन्तुष्ट
फाइल तस्बिर ।

काठमाडौं । सरकारले ५० देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीसाधन (ईभी)मा करको दर बढाएर २५ प्रतिशत पुर्‍याएको छ । यसअघि, १०० किलोवाटसम्मका विद्युतीय गाडीमा १० प्रतिशत भन्सार शुल्क कायम थियो । अन्तःशुल्क लाग्दैन थियो ।

सोमबार सार्वजनिक आर्थिक विधेयक, २०८० मा शून्यदेखि ५० किलोवाटसम्मका विद्युतीय सवारीमा भन्सार शुल्क १० प्रतिशत कायम गरिएको छ । ५० देखि १०० किलोवाटसम्मका विद्युतीय गाडीमा भन्सार शुल्क १५ प्रतिशत र अन्तःशुल्क १० प्रतिशत कायम गरिएको हो ।

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले १०० किलोवाटसम्मका विद्युतीय सवारीमा कर बढेको बताए । ५० किलोवाटभन्दा मुनिका गाडी खासै नभित्रिने गरेको उनको भनाइ छ ।

१०० किलोवाटभन्दा माथिका विद्युतीय सवारीमा भने कर घटाइएको छ ।

व्यवसायी असन्तुष्ट
सरकारले एउटा ‘क्याटगोरी’ ५० देखि १०० थप्नु गलत भएको ईभी व्यवसायी बताउँछन् । १०० किलोवाटका विद्युतीय गाडीमा समग्रमा करिब १९ प्रतिशत असर पार्ने गरी कर लगाइएको व्यवसायीको गुनासो बनेको छ ।

सरकारले लक्जरीमा घटाएर आवश्यकताका ईभीमा कर बढाएकोप्रति व्यवसायी असन्तुष्ट छन् । बल्ल बामे सर्न लागेको ईभी इन्डस्ट्रीमा गाडीको मूल्य बढेपछि कसैले नकिन्ने उनीहरू बताउँछन् ।

सरकारले ईभीलाई निरुत्साहित गर्न खोजेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठको भनाइ छ ।

सरकारले सन् २०२५ सम्ममा २५ प्रतिशत निजी सवारी र यात्रु बोक्ने २० प्रतिशत व्यावसायिक गाडीलाई ईभीमा विस्थापित गर्ने लक्ष्य राखेको छ । २०३० सम्म ९० प्रतिशत गाडीलाई ईभीमा विस्थापित गर्ने लक्ष्य छ ।

उपाध्यक्ष श्रेष्ठले भने, “ईभीलाई निरुत्साहित गरेर, दीर्घकालीन नीति एउटा बनाएर बजेट त्यसको उल्टो ल्याएर लक्ष्य हासिल हुँदैन ।”

कति भित्रिन्छन् ईभी ?
भन्सार विभागको तथ्यांकानुसार चालु आर्थिक वर्षको वैशाखसम्म १०० किलोवाटसम्मका दुई हजार ८८२ युनिट (वटा) विद्युतीय गाडी नेपाल भित्रिएका छन् । यो अवधिमा १०० देखि २०० किलोवाटसम्मका ६६ विद्युतीय गाडी भित्रिएका छन् ।

यस्तै, २०० देखि ३०० किलोवाटसम्मका सात विद्युतीय गाडी भित्रिएका छन् । नेपालमा ३०० किलोवाटभन्दा बढीका गाडी निकै कम भित्रिएको भन्सार विभागको तथ्यांक छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro